काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचकले नेपालको पूँजीबजारमा हालसम्मको रेकर्ड ब्रेक गरेको छ ।
यो दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५१ दशमलव ८६ अंक अर्थात् १ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसूचक ३ हजार १६१ दशमलव ४४ विन्दुमा पुगेको हो ।
यसदिन २२५ ओटा कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयरको १ लाख ६३ हजार ९६९ पटकमा रू. १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ बराबरको शेयर खरीदविक्री भएको छ । यसदिन कारोबारमा आएका ती कम्पनीमध्ये ११ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । ११ ओटा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यसदिन १० प्रतिशतले वृद्धि भएको हो ।
वेष्ट फाइनान्स,श्री इन्भेष्टमेण्ट फाइनान्स,सेन्ट्रल फाइनान्स,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स,आइसी एफसी फाइनान्स,प्रोग्रेशिभ फाइनान्स,महालक्ष्मी विकास बैंक,ज्योति विकास बैंक,कामना सेवा विकास बैंक,सिन्धु विकास बैंक र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।
त्यसैसबैभन्दा बढी शेयर मूल्य घट्नेमा साञ्जेन जलविद्युत कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ५ दशमलव १६ प्रतिशतले घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ४८० कायम भएको हो ।
नेप्सेले अलटाइम हाइको रेकर्ड ब्रेक गर्दा विकास बैंक र वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । विकास बैंक समूहको परिसूचक हालसम्मकै उच्च ५ हजार ४४५ दशमलव ४३ विन्दुमा पुगेको छ । यसदिन उक्त समूहको परिसूचक ८ दशमलव शून्य ७ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी वित्त समूहको परिसूचक ६ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ ।
यो दिन कारोबारमा आएका १३ ओटा समूहमध्ये ब्यापार समूहको परिसुचक १ दशमलव ६६ प्रतिशत,होटल एण्ड टुरिजमको शून्य दशमलव २४ प्रतिशत र हाइड्रोपावर समूहको परिसुचक शून्य दशमलव शून्य ८ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक बढेसँगै समग्र बजार बढेको हो ।
त्यस्तै बैंकिङ समूहको परिसूचक १ दशमलव ८७ प्रतिशत,निर्जिवन बीमा समूहको शून्य दशमलव ९८ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी अन्य समूहको परिसूचक शून्य दशमलव ४१ प्रतिशत,लघुवित्त समूहको १ दशमलव २९ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव १८ प्रतिशत,,म्युचुअल फण्ड समूहको शून्य दशमलव ३९ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ८६ प्रतिशतले वृद्धि भएको छ ।
पछिल्लो समय नेप्से परिसूचक बढ्नमा समूहगत सपोर्ट पाएको जस्तो देखिएको छ । यसभन्दा अगाडि अलटाइम हाईको रेकर्ड ब्रेक गर्दा हाइड्रोपावर समूहका लगानीकर्ताले सर्वाधिक कमाएका थिए । पुन नेप्सेले हाइ रेकर्ड ब्रेक गर्दा विकास बैंक र वित्त समूहका कम्पनीहरुको शेयरमूल्य वृद्धि भएको हो ।
यसदिन पनि बजार बुलिस ट्रेण्डमै रहेको लगानीकर्ताहरुले बताएका छन् ।