चितवन । साप्ताहिक सञ्जाल नेपाल चितवनको अध्यक्षमा सूर्य बराल सर्वसहमत अध्यक्ष चयन भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ भतेरीमा सम्पन्न सञ्जालको प्रथम अधिवेशनले सूर्य बरालको नेतृत्वमा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सह–सचिवमा बबिलाल तामाङ, कोषाध्यक्षमा हरि कार्की ‘लक्की’ र प्रवक्तामा नबिन बाबु मरहठ्ठा सर्वसहमत चयन भएका हुन् ।
यसै गरी सदस्यमा रामेश्वर रिजाल, हरिप्रसाद उप्रेती ‘भुवन’ छन् भने बाँकी दुई सदस्य कार्यसमितिको पहिलो बैठकबाट चयन गरिने चयन अध्यक्ष बरालले जानकारी दिए ।
अधिवेशनको उद्धघाटन गर्दैै प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले साप्ताहिक पत्रिका नेपाल पत्रकारिताको जननी भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले बढ्दो सूचना प्रविधिको विकाससगैँ साप्ताहिक पत्रिकाको प्रयोगमा केही कम देखिए पनि यसको महत्व र उपयोगिता महत्वपूर्ण रहेको स्पष्ट पारे । उनले साप्ताहिक पत्रिकाको प्रर्वद्धनमा केन्द्र, प्रदेश र स्थानिय तहले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरि अधिकारीले साप्ताहिक पत्रिकाको संरक्षणमा सबै पक्ष अग्रसर हुनुपर्ने बताए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य शान्ता अधिकारीले साप्ताहिक पत्रिकाको विकास र प्रर्वद्धनमा नयाँ रणनीतिका साथ लाग्नुपर्ने धारण राखिन ।
निर्वाचित भएसगैँ अध्यक्ष बरालले साप्ताहिकको विकासमा आफु कटिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले सञ्जालको शाखा देशभरि नै विस्तार गर्ने बताए ।
साप्ताहिक सञ्जाल नेपाल–चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । तिमिल्सिनाकै नेतृत्वले २०७८ साल मंसिर ८ गते जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता गरेको थियो ।
४ युवा पत्रकारलाई ‘युवा पत्रकार सम्मान २०८०’
सञ्जालले ४ जना साप्ताहिक पत्रिकामा काम गरेका युवा पत्रकारलाई ‘युवा पत्रकार सम्मान २०८०’ बाट सम्मानित गरिएको थियो । युवा पत्रकार टेकराज पोख्रेरल (आन्नद), सुरेन्द्र कुवँर (सुरेन), हिरालाल गुरुङ्ग र सरोज उपकोटीलाई ‘युवा पत्रकार सम्मान २०८०’ बाट सम्मान गरिएको उपाध्यक्ष राजेन्द्र आचार्यले जानकारी दिए ।