चितवन । पुर्बेली समाज चितवनले आफ्नो १७ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । समाजले सोमबार भरतपुरमा एक कार्यक्रम गरि समाजका सस्थापक अध्यक्ष डा तिलचन्द्र भट्टराई र निबर्तमान अध्यक्ष डिक ब गुरुङलाई सम्मान समेत गरेको छ ।
उहांँहरुलाई प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारि भुपेन्द्र थापाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । प्रजिअ थापाले चितवन देसैभरका मानिसहरु बसोबास गर्ने भएकाले विविधतायुक्त जिल्ला भएको बताउनुभयो । उहाँले जन्मस्थान जहाँ भए पनि कर्मथलोमा रहेरै सान्ति र समृध समाज निर्माणमा योगदान दिनुपर्नेमा जोडदिनुभयो ।
सस्थापक अध्यक्ष डा भट्टराईले स्थापनाका क्रममा १०,१२ जना सदस्यबाट सुरु भएको समाज अहिले सयौंमा पुगेको उल्लेख गर्नुभयो । समाजले पुर्बेली सस्कार सस्कृतिलाई बिस्तार गर्दै बिभिन्ना सामाजिक कार्यमा जोड दिदै आएको बताउनुभयो।
कार्यक्रममा कृषि तथा बन बिज्ञान बिस्वबिध्यालयका रजिस्टार डा सारदा थपलिया, समाजका सल्लाहकार पदम ब गुरुङ,गायित्री देबी श्रेष्ठ लगायतको आतित्यता रहेको थियो । समाजका अध्यक्ष तेज प्रसाद चुडालले समाजले बिगतदेखिनै विभिन्न सामाजिक कार्यक्रम गर्दैआइरहेको स्मरण गर्दै आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्ने बताउनुभयो ।
पुर्बेली समाज नेपालको पुर्बी जिल्लाहरु झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा लगायतका जिल्लाहरुबाट विभिन्न समयमा चितवनमा आएर बसोबास गर्ने तथा कर्मथलो बनाउदै आएका पुर्बेलिहरुको सामाजिक संस्था हो ।
समाजले पुर्बेलिहरुलाई एउटै मालामा जोड्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । समाजले समस्यामा परेका पुर्बेलिहरुलाई सहयोग तथा समन्वय गर्दै आइरहेको छ ।