चितवन । वनपैदावर चोरी र सरकारी किर्ते गर्ने दुईजना फरार प्रतिवादी चितवनबाट दुईबर्ष पछि पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्ला चितवन खैरहनी न.पा.वडा न.१ बस्ने बर्ष ३० को बिनोद बुर्लाकोटी र खैरहनी न.पा.वडा न.२ बस्ने बर्ष २६ को संजोग भट्ट रहेका छन ।
जिल्ला अदालत चितवनको २०७६ मंसीर१७ गतेको फैसलाले वन पैदावर चोरी निकासी मुद्दामा दुईलाख छ हजार नौ सय साठी जरिवाना तोकिईएका विनोद फरार रहेका थिए ।
यस्तै प्रतिवादी भट्ट जिल्ला अदालत धादिङको मिति २०७४ माघ २८ गतेको फैसलाले सरकारी छापदस्तखत किर्ते मुद्दामा १ बर्ष कैद र नगद रु ५० (पचास) जरिवाना तोकिई फरार रहेका थिए । उनीहरुलाई आइतबार पक्राउ गरी जिल्ला अदालत चितवनमा उपस्थित गराईएको चितवन प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु