चितवन। नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु सुजुकी जिम्नी र फ्रोन्क्स चितवनमा सार्वजनिक भएको छ । उक्त दुई एसयूभीको टेस्ट ड्राइभ पनि ग्राहकले शोरुमबाट गर्न सकिने चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेशनल प्रा.लिले जनाएको छ ।
नेपालका लागि सुजुकी ब्राण्ड चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी हाल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोक्रप तथा सिजी जक्स्टजेनले दुई मोडलका गाडीहरुको बुकिङ २९ असारदेखि नै खुल्ला गरेको थियो । कम्पनीले आक्रामक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ । जिम्नीको सुरुवाती मूल्य रू.५९ लाख ९९ हजारबाट र फ्रोन्क्सको मूल्य रू.३९ लाख ९९ हजारबाट सुरु रहेको साध्वी इन्टरनेशनल प्रा.लिका महाप्रबन्धक सुरजराज जोशीले बताउनुभयो ।
सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कार मध्ये एक हो । यो मोडेलको माग विश्वभर निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभीहो जोहेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।
यो एसयूभी एक समर्पित उन्नत फो ह्वील प्रणाली, एल ग्रिप प्रोसंग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र थ्रि लिंक रिजीड एक्सल सस्पेन्सन जस्ता अफ–रोड सुविधाहरू समावेश गर्दछ । अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२।६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गर्दछ ।
नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी हो । “द फेस अफ न्यु एसयूभी“ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदाई र सुरक्षित अनुभूति प्रधान गर्दछ । प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागी सम्पूर्ण माग आपूर्ति गर्ने बिश्वास कम्पनीले लिएको जनाएको छ ।
कार्यक्रममा चितवन अटोमोबाइल डिलर एशोसियनका अध्यक्ष राजन पियाले सरकारले अटोलाई बिलासिताको बस्तुमा वर्गीकरण गर्दा समस्या भएको बताउनुभयो । सरकारले विलासिताको बस्तुमा गाडीहरुलाई राख्दा छिमेकी मुलुकमा भन्दा नेपालमा पाँच गुणासम्म महँगोमा उपभोक्ताहरुले गाडी खरिद गर्नुपरेको गुनासो गर्नुभयो ।