चितवन । कालीखोलामा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालीखोला पुल नजिक बिहान सवा पांँचबजे पहिरो गएको थियो । सवा ९ बजे पहिरो पन्छाएपछि अवरुद्ध सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक अवरुद्ध हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु