चितवन । फ्लोरिकल्चर एसोसिएसन नेपाल जिल्ला समिति चितवनको अध्यक्षमा तेजेन्द्र सापकोटा चयन हुनु भएको छ ।
आज (आइतबार) भरतपुरमा सम्पन्न चौथो साधारण सभा तथा अधिवेशनले निर्विरोध रुपमा सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको उपाध्यक्षमा जीवननाथ उपाध्याय तथा सचिवमा शुलभ श्रेष्ठ र कोषाध्यक्षमा रेखा आचार्य चयन हुनु भएको छ । सदस्यहरुमा वुद्धबहादुर गुरुङ, सुकराम तामाङ, सुजता देवकोटा, श्रीमाया न्यौपाने र अनिता गुरुङ चयन हुनु भएको हो । समितिको कार्यकाल दुई वर्षको हुनेछ । एसोसिएसनमा ३० जना नर्सरी तथा कट फ्लावर व्यवसायीहरु आवद्ध छन् ।
यसैबीच यसैबीच फ्लोरिकल्चर एसोसिएसन चितवनलाई दुई लाख ५६ हजार ४८० रुपैयाँ सहयोग गरिएको छ । बाईपास रोड वृक्षारोपण उपभोक्ताले सोही कार्यक्रमकाबीच उक्त सहयोग गरेको हो ।
पुष्प बिकास केन्द्रका प्रमुख सुधिर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एसोसिएसनका केन्द्रीय अध्यक्ष मिनबहादुर तामाङ, चितवनका सातै पालिकाका कृषि शाखा प्रमुख र नर्सरी तथा कट फ्लावर व्यवसायीहरुको सहभागिता रहेको थियो ।