चितवन । नेपाली कथानक चलचित्र नम्बरी सुनको आइतबार साँझ चितवन स्थित जलमा हलमा विशेष प्रदर्शन गरिएको छ । विश्वकर्मा सेवा समिति चितवन र सुनचाँदी व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा भएको उक्त चलचित्र देखाईएको हो ।
सुनचांँदीका गरगहनाको ईतिहास, महत्व र कालीगढको कथामा आधारित उक्त चलचित्रमा मुख्य भूमिकामा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, नारायण खातीको अभिनय छ । यस्तै चलचित्रमा किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, आशा भारती, अनिता गिरी लगायतले अभिनय गरेका छन । २ घण्टा लामो उक्त चलचित्रमा २ करोड लगानीमा सम्पन्न भएको निर्माता खातीले जानकारी दिनुभयो ।
सामाजिक कार्यका लागि देशका मुख्य शहरहरुमा बिशेष शो राखिएको उहांँले जानकारी दिनुभयो । चलचित्र भदौमा देशभर रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।
चलचित्रको राम्रो बजार र सुनचांँदी व्यवसायीको कथामा आधारित रहेकोले यो चलचित्र विशेष शो नारायणगढमा राखिएको सुनचांँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले जानकारी दिनुभयो । जलमा क्यूएफएक्समा देखाईएको उक्त शोमा पांँचसय भन्दा बढी रहेको रामुदामुले बताउनु भयो ।
सो अवसरमा वरिष्ठ कलाकार राजाराम पौडेल सहित चलचित्रका अन्य कलाकारलाई सुनचांँदी व्यवसायी संघ, चितवनका उपाध्यक्ष एवं बिशेष शोका संयोजक उत्सव खातीले जानकारी दिनुभयो ।
बिशेष शोबाट संकलन भएको केही रकमलाई सामाजिक कार्यमा लगाईने खातीको भनाई छ ।
कार्यक्रममा व्यवसायीहरु निलेनमान शाक्य, विकास वर्मा, राजु वराली, रविन्द्र पन्थी, तारा रसाईली, रुपा वराली, रितु सेन्चुरी, शान्ता थापा विक, ज्ञानेन्द्र वराली, विनोद विक, रवि वराली लगायतले प्रर्दशनमा सहजीकरण गर्नुभएको थियो
राजु गिरीको निर्देशन र सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण भएको सिनेमामा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहेको छ । ‘नम्बरी सुन’ मा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछाने नृत्य निर्देशन रहेको छ ।
दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन रहेको फिल्मको मुख्य सहायक निर्देशन जीवन गौतम रहेका छ्न् । सिनेमा लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिएको निर्माण टीमले जानकारी दिएको छ । ।