चितवन । चितवनको मेघौलीमा बस्ती पसेको बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ ।
भरतपुरमहानगरपालिका वडा नम्बर २७ बुद्धनगर गाउँमा गएराति पसेर बाघले भैंसीलाई आक्रमण गरेको थियो। स्थानीयले खबर गरेपछि निकुञ्जको टोली सो स्थानमा गएको हो ।
उक्त बाघलाई चितवन निकुञ्जका हात्तीहरूले घेरेर निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिकहरूले नियन्त्रणमा लिईएका हो।
सो बाघलाई प्राविधिकहरुले लठ्याएर नियन्त्रणमा लिईएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बाघले मानवीय क्षति भने गरेको छैन । बाघलाई अहिले निकुञ्जको खोर राखिएको छ । बाघलाई कहिले बासस्थानमा छाडिने भन्ने बिषयमा छलफल भईरहेको उहांँले बताउनु भयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु