चितवन । लुम्बिनी बिकास बैंक लिमिटेडले रत्ननगरको टांँडी चोकमा खानेपानीको फिल्टर जडान गरेको छ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको समन्वयमा ५० लिटर क्षमताको अत्यधुनिक फिल्टर सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायिीत्व अन्तर्गत सोमबार एक कार्यक्रमका बीच उक्त सहयोग सामान हस्तान्तरण गरेको हो ।
बैंकको टाँडी शाखाका शाखा प्रबन्धक सन्तोष श्रेष्ठले स्थानीय , बजारमा किनमेल गर्न आउने यात्रीहरुलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने उदेश्यका साथ फिल्टर सहयोग गरिएको बताए ।
खानेपानी समितिका अध्यक्ष माधव प्रसाद अर्यालले रत्ननगरबासीलाइ सहज एवं सुलभ रुपमा शुद्ध पिउनेपानी बितरण गर्दै आइरहेको भन्दै बैंकको यो अभियानको प्रशंसा गर्नुभयो ।
उक्त फिल्टर रत्ननगर टाँडिचोक स्थित आकाशेपुल नजिक जडान गरिएको छ ।
देशभर ८९ वटा शाखा भएको सो बैंकले करिब आफ्ना ४ लाख ग्राहकहरु लाई अत्यधुनिक बैंकिङ्गसेवा प्रदान गर्दै आइरहेको छ।