चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ९ स्थित कृषि सेवा केन्द्र परिषरमा आज वृक्षारोपण गरिएको छ । वातावरण स्वच्छ राख्न र जलवायु परिवर्तनलाई सन्तुलनमा ल्याउने उद्धेश्य सहित बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।
समुदायमा चोरी शिकार नियन्त्रण यूवा जागरण समिति र रत्नप्रिय क्लब रत्ननगर वडा नम्बर ६ बछौलीको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हरि ढकालले रोपिएको बोट बिरुवाहरुको संरक्षणमा जोड दिन आग्रह गर्नुभयो ।“बिरुवा रोपेर मात्रै हुँदैने बिरुवाको संरक्षण पनि गर्नुपर्छ । यसले गर्दा वातावरण स्वच्छ हुनुका साथै जलवायु परिवर्तन सन्तुलन ल्याउन समेत मदत पुग्छ ।’ उहांँले भन्नुभयो ।
उनले वृक्षारोपणका साथै समय समयमा रोपेका विरुवाहरुको गोडमेल र त्यसको संरक्षण पनि आवश्यक रहेको बताउनु भयो ।रत्ननगर वडा नम्बर ९ का अध्यक्ष अनन्त अधिकारीले वातावरण सफा र स्वच्छ बनाउनको लागि बृक्षारोपण नै सबैभन्दा महत्वपुर्ण भएकोले यस कार्यमा सबै लाग्नु पर्ने बताउनु भयो ।
मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बोट बिरुवा रोपेर प्रकृतिको संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले रुख रोप्नुपर्ने आवश्यक रहेको बताउनु भयो ।जिल्ला जडीबुटी सहकारी संघका अध्यक्ष दुर्गा सुवेदीले वृक्षारोपणले विश्व वातावरणलाई नै बचाउने आफुहरुको अभियान भएको बताउनु भयो ।
जलवायु परिवर्तनका कारण नकारात्मक असर परिरहेकाले वातावरण संरक्षणका लागितेजपत्ता, अमला, निम, जामुन, कपुर लगायतका २५० वटा विरुवा रोपिएको रत्नप्रिय क्लव अध्यक्ष बसन्त राना मगरले जानकारी दिनुभयो ।कार्यक्रममा एनिमल राईट्सका
प्रतिनिधि स्वराजन श्रेष्ठ, चितवन एनिमल सेभका प्रतिनिधि कल्याण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।