चितवन । नविन अटो सेन्टर, नारायणगढले शनिबार आयोजना गरेको रेजआर १२५ मोटरसाइकलको माइलेज च्यालेन्ज ¥यालीमा पष्पाञ्जली शर्मा प्रथम भएकी छिन । शर्माले २१ प्रतिस्पर्धीलाई पछि पार्दे विजेता बनेकी हुन् । ¥यालीमा पहिलो रनरअप अमृता तिवारी र दोस्रो रनरअप रामबहादुर तामाङ भएका छन् ।
यामाहा शोरुमबाट सुरु भएर दासढुंगासम्म सञ्चालन भएको प्रतियोगितामा पहिलो हुनेको माइलेज ८० किलोमिटर, दोस्रोको ७४.३ किलोमिटर र तेस्रो हुनेको ७४.१५ किलोमिटर प्रति लिटर रहेको थियो । बढी माइलेज दिने सवारी चालकलाई विजेता तोकिएको नविन अटो सेन्टरका व्यापारिक प्रमुख राजु स्वर्णकारले जानकारी दिए । विजेतालाई प्रमाणपत्र र ट्रफी दिईएको स्वर्णकारले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु