चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी खुलेको छ । पहिरो पन्छाएपछि आज सांँझ ५ बजेर ५५ मिनेटमा दुुईतर्फी रुपमा खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । शनिबार सांँझ पांँचबजे ईच्छाकामना वडा नम्बर ५ स्थित तीन नम्बरमा पुलमा पांँच बजे पहिरो खसेको थियो ।
दुईवटा लोडर र एउटा एक्जाभेटरले पहिरो पन्छाएर सडक दुईतर्फी खुलाईएको ट्राफिक प्रहरी चितवनका प्रमुख राजकुमार तामाङ्गले जानकारी दिए । पहिरो हटाएपछि दुईतर्फी रहेका सवारी साधनलाई गन्तव्य तर्फ पठाइएको उनले बताए ।सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हँुदै आएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु