चितवन । अबिरल बर्षाका कारण नारायणगढ मुग्लिन सडकमा पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरो पन्छाएर आंशिक रुपमा सडक सुचारु गरिदै आएपनि पटक पटक पहिरो खस्दा पुनः नारायणगढ मुग्लिन सडक अवरुद्ध बनेको हो । शनिबार सांँझ सांँढे पांँचबजे ईच्छाकामना वडा नम्बर ५ स्थित तीन नम्बरमा पुलमा पांँच बजे खसेको पहिरो खसेको थियो ।
हाल दुईवटा लोडर र एउटा एक्जाभेटरले पहिरो पन्छाउने काम भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङ्गले जानकारी दिनुभयो ।
थप पहिरो नखसे बेलुका ४ बजेसम्म पहिरो पन्छाएर सडक सुचारु गर्न सकिने उहांँले बताउनु भयो । लामो समयसमम बाटो अवरुद्ध भएपछि मुग्लिन तर्फबाट आउने सवारीलाई मुग्लिनबाट एकतर्फी रुपमा र नारायणगढ जाने सवारीलाई जुगेडीबाट एकतर्फी लेनमा सवारी लामबद्ध राखिएको उहांँले जानकारी दिनुभयो ।
पहिरोले बिजुलीको तार सहितको पोल समेत ढलेकाले बाटो पन्छाएपछि पोल हटाईने तामाङ्गको भनाई छ । सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हँुदै आएको छ ।