काठमाडौं । मिस ग्लायम वल्र्ड २०२३ को दोस्रो उपाधी नेपालकी आयुषा प्याकुरेल ले पाएकी छिन । हालै भारतको केरेलामा सम्पन्न प्रतियोगिताको उनले दोस्रो स्थान हासिल पार्न सफल भएकी हुन् । पहिलो उपाधी भने बेल्जियमकी जोम्की तेन्जीनले जितेकी छिन् । गा्रन्ड फिनालेमा उनीे क्राउन पहिरिन सफल भएकी हुन् ।
करिब ५० भन्दा बढी देशका सुन्दरीहरु बीच गरिएको प्रतियोगितामा भारतकी समरुद्धी सेठी तेस्रो भएकी छन ।
पेगाससले जुन २ मा काठमाडौस्थित जमलको राष्टिय नाच घरमा गरेको मिस ग्लयाम वल्र्ड ,नेपालको उपाधि जितेर प्याकुरेल भारत पुगेकी थिइन् ।
काठमाडौको रत्न राज्य क्याम्पसमा पत्रकारितामा स्नातक गरिरहेकी उनले अन्तराष्टिय स्तरमा आफुले प्रतिभा प्रस्तुत गरेर आफनो देशको नाम रोशन गर्न सकेकोमा गौरब लागेको बताइन् । “ सानै देखी समाज र देशको लागी केहि गर्ने सपना देखेकी थिँए, आज यो सपना पुरा भएको छ । तर सफलताबाट मातिने छैन । अझै धेरै गर्न बाकी छ । यात्रा लामो छ अगाडि ,तर यो सफलताले पहिले भन्दा धेरै आत्मविश्वास थपिएको महसुुस गरेँ ।” उनले भनिन । उनले आफु थप तयारी गरेर मिस नेपालमा जाने समेत बताइन् ।
यस्ता प्रतियोगिताले नारीमाथी सबै समुदायको सम्मान जागेकोमा नारीहरुलाइ थप शसक्त बनाउन मदत पुगेको बताइन् ।