चितवन । नेपाल बोटे समाजको केन्द्रीय अध्यक्षमा राजकुमार बोटे चयन भएका छन् ।
चितवनको माडीमा सम्पन्न समाजको पाचौँ अधिवेशनबाट पर्सा ठोरीका बोटे केन्द्रीय अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले उपाध्यक्षमा साउने बोटे, महासचिवमा शेरबहादुर बोटे, सचिवमा आशिष बोटे, इन्द्र बोटे, संगीता बोटे र कोषाध्यक्षमा मिना बोटेलाई चयन गरेको छ ।
कार्यसमिति सदस्यहरुमा श्याम बहादुर बोटे, दीपक बोटे, घनश्याम बोटे, बिन्दु बोटे र शोभा बोटे चयन भएका छन् । रिक्त रहेको समितिको २ जना उपाध्यक्षहरु समितको बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष बोटेले जानकारी दिए । अधिवेशनको नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव मंगलराम दराईले उद्घाटन गरेका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु