सूर्यप्रसाद अधिकारी,चितवन । चालु आर्थिक बर्ष ०७९,८० को जेठ महिनासम्म चितवन राष्ट्रिय निकुञ्जमा ११७ वटा वन्यजन्तुको उद्धार गरिएको छ । निकुञ्जका अनुसार ११ महिनाको अवधिमा सबैभन्दा बढी अजिंगरको उद्धार गरिएको छ । जसअनुसार सो अवधिमा ७४ वटा अजिंगर, ११ वटा सर्प, ११ वटा चित्तल, पांँच वटा घडियाल गोहीको उद्धार गरिएको थियो ।
यस्तै निकुञ्जले पांँचवटा गैंडा, चारवटा बाघ, २ वटा कछुवा र एक एक वटा गोहोरो , सुनगोहोरो, सालक , मगर गोही, जरायोको उद्धार गरिएको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी गणेश प्रसाद तिवारीले ११ महिनामा ती वन्यजन्तुलाई उद्धार गरी निकुञ्जमा छाडिएको जानकारी दिए। बन्यजन्तुलाई घाईते, बिरामी , बाटो बिराएको , बाढीले बगाएको र वस्तीमा छिरेको अवस्थामा उद्धार गरिएको तिवारीले बताए ।
‘खास गरी गैंडाको हकमा माउबाट छुटिएको, बिरामी र घाईते भएको अवस्थामा भेट्टाएका छौं , तिवारीले भने, बाघको हकमा मानव वस्तीमा पसेको अवस्थामा उद्धारगरी निकुञ्जमा फर्काएका हौं । ’ अन्य वन्यजन्तु उद्धार टोली तथा सेनाले गस्तीका क्रममा अप्ठेरो अवस्थाबाट उद्धार गरिएको उनले बताए ।