चितवन । भरतपुरमा दृष्टिबिहिनलाई १० दिने निशुल्क तालिम दिइएको छ । चितवन नेत्रहीन सघको आयोजना तथा भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा ३० जना दृष्टि बिहिनलाई गमनशिलता तालिम तथा सेतो छडी बितरण गरिएको हो ।
तालिममा प्रमुख अतिथि नगर उप प्रमुख चित्रसेन अधिकारीले एक कार्यक्रमका बीच प्रमाणपत्र तथा सेतो छडी बितरण गर्नु भएको थियोे । सेतो छडी बितरण गर्नुहुदै उप प्रमुख अधिकारीले नेपालको संविधानले अपाङ्गताका आधारमा हुने सबै प्रकारका भेदभाव अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
उप प्रमुख अधिकारीले अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत सेवा तथा अधिकारमा समान पहुँचको व्यवस्था सबिधानले नै प्रष्ट गरेको उल्लेख गर्नु भयो ।
उहाँले भरतपुर महानगरपालिका दृष्टि बिहिन भएका ब्यक्तिहरुको साझा घर भएको भन्दै उनीहरुलाई अन्य सामान्य मानिस जस्तै व्यबहार र आत्मनिर्भर तर्फ उन्मुख गराउनु पर्ने बताउनु भयो ।
उप प्रमुख अधिकारी कै सक्रियतामा सरकारले भरतपुर महानगरपालिका वडा न २३ मा अपाङ्गाता ग्राम निर्माण गर्दै छ । महानगरपालिका भित्र भएका सबै खालका अपाङ्गाता भएकाहरुलाइ एउटै भवनमा राखेर आवासीय सुबिधा सहितको तालिम, गोष्ठी, सेमिनार लगायत अन्य कार्यक्रमहरु गरि अपाङ्गता भएका ब्यक्तिहरुको जीवनस्तरलाइ माथि उकास्ने लक्ष्य सहित सरकारले अपाङ्गाता ग्राम निर्माणको तयारी थालेको हो ।
सो अवसरमा गत बर्षको एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रा तथा अपाङ्गाता भएका ब्यक्तिहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियोे ।
राष्ट्रिय जनगणना २०७८ अनुसार अपाङ्गता भएको पुरुषको सख्या ५४ दशमलव २ प्रतिशत र महिलाको सख्या ४५ दशमलव ८ प्रतिशत रहेको तथ्यांक छ । त्यस्तै अपाङ्गता भएका व्यक्तिमध्ये सबैभन्दा धेरै ३७ दशमलव १ प्रतिशतमा शारीरिक अपांगता भएको पाइन्छ । जनगणना अनुसार १७ दशमलव १ प्रतिशतमा न्यूनदृष्टि अपाङ्गता,८ दशमलव ९ प्रतिशतमा बहुअपाङ्गता,८ प्रतिशतमा सुस्तश्रवण अपाङ्गता र ६ दशमलव ४ प्रतिशतमा स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएका छन ।