चितवन । अन्तरराष्ट्रिय दूध दिवसको अवसरमा चितवन मानव सेवा आश्रमका आश्रितहरुलाई भोजन वितरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजले भरतपुर स्थित चितवन मानव सेवा आश्रमलाई भोजन वितरण गरेको हो । आज आश्रममा एक कार्यक्रमको आयोजना गरि त्यहांँका ५२ जना आश्रितहरुलाई दही च्यूरा र दुईदिन खानाको लागि सहयोग गरेको छ ।
सो अवसरमा बोल्दै समाजका केन्द्रिय अध्यक्ष आनन्द न्यूरेले दीन दुःखी तथा असहायको दैनिकीलाई सहज होस भन्ने हेतुले उनीहरुलाई भोजन वितरण गरी अन्र्तराष्ट्रिय दूध दिवस मनाईएको बताए । दुग्ध उत्पादक किसान जहिले पनि राज्यबाट अपहेलित भएको भन्दै उनले सामाजिक कार्यमा पनि समाजले सदैव हातेमालो गर्दै आएको बताए । जन्म देखि मृत्यु सम्म दूध अत्यावश्यक पोषिलो पदार्थ भएकोले आश्रितहरुलाई दही च्यूरा, भोजन वितरण गरिएको उनको भनाई थियो ।
अन्नपूर्ण दुग्ध सहकारी लिमिटेड, भरतपुरका अध्यक्ष ऋषिराम अधिकारीले अन्र्तराष्ट्रिय दूध दिवसको अवसर पारेर आज विभिन्न संघसंस्थाले सहयोग गरी मनाएको भन्दै उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुुने बताए । कुल ग्राहस्थ उत्पादनमा दुग्ध उत्पादक किसानको ८ प्रतिशत योगदान रहेकोले राज्यले कृषकलाई सम्मान गर्नुपर्ने बताए ।
आश्रमकी सञ्चालिका देवी आचार्यले विभिन्न दाता तथा संस्थाबाट आश्रम चलाउन सहयोग पुगेको भन्दै उहांँले यो सहयोगले आश्रम सञ्चालनमा टेवा पुगेको बताइन । आगामी दिनमा समेत यस्ता कार्यक्रमको अपेक्षा रहेको भन्दै उनले समाजले गरेको सहयोगको प्रशंसा गरिन ।
आश्रममा बृद्धबृद्धा, युवायुवती र दुई बालबालिका गरी ५२ जना आश्रित रहेका छन । आश्रम ७ बर्षअघि देखि सञ्चालनमा छ ।