चितवन । गणतन्त्र दिवसको अवसरमा भरतपुर ५ मा रहेको अर्बिट स्कुलले शुक्रबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । स्कुलले जनप्रतिनिधि सग बिद्यार्थी गणतन्त्र दिवस बिशेष कार्यक्रमको आयोजना गरेको हो ।
आम जनताले परिकल्पना गरे अनुसारको नयाँ नेपाल, समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा हुन नसक्दा गणतन्त्रको महत्त्व खासै उपलब्धिमुलक नभएको भन्ने बिषयमा अन्तरक्रिया भएको हो । कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका नगर उप प्रमुख चित्रसेन अधिकारीले बर्तमान अवस्थामा गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको बताउनु भएको छ । गणतन्त्र पश्वचात नेपालले सोचे अनुसारको उपलब्धि हासिल गर्न नसकेको स्मरण गर्दै उहाँले गणतन्त्रको रक्षा र सहि कार्यान्वयन गर्न सबै सग आग्रह समेत गर्नु भयो । उहाँले देशमा टिकाउ शिक्षाको खाचो रहेको बताउनु भएको छ । बर्तमान अवस्थामा शिक्षाको ठुलो शक्ति बिदेशीनु नेपालका लागि बिडम्बना रहेको उप प्रमुखको टिप्पणी रहेको छ ।
शिक्षित युवा युवतीहरु ठूलो सख्यामा बिदेशीनुले नेपालको शैक्षिक क्षेत्र सगै आर्थिक एवं बिकासका काममा ठूलो असर पुगेको पनि उहाँले औल्याउनु भयो ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले नगर उप प्रमुख सग गणतन्त्र पश्चात् नेपालमा आएको परिवर्तनका बारेमा प्रश्न समेत गरेका थिए । नेपाल गणतान्त्रिक ब्यबस्थाको स्थापना, महत्त्व र सुदृढीकरण सग सम्बन्धित विद्यार्थीहरुका जिज्ञासाहरुको उप प्रमुखले जवाफ दिनु भएको थियोे । साथै उहाँले जनप्रतिनिधिहरुले स्थानीय निकायमा रहेर बिकास निर्माणका काममा गर्दाको यथार्थ अनुभव पनि विद्यार्थीहरु सग आदानप्रदान गर्नु भएको थियोे ।
कार्यक्रममा भरतपुर ५ का अध्यक्ष युद्ध प्रसाद श्रेष्ठ,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपेन्द्र ढकाल,स्कुल इन्चार्ज नारायण गौतम, नेपाल जेसिजका पुर्ब अध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समितिका सदस्य अरुणेश्वर खनाल,शिक्षक अभिभावक सघका अध्यक्ष रामचन्द्र अधिकारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । बिक्रम सम्बत २०६५ जेठ १५ मा नेपालमा गणतन्त्रको घोषणा भएको थियोे ।