चितवन । यही बैशाख २९ र ३० गते हुन गईरहेको अटोमोबाईल जिमखाना च्याम्पियनसिपमा २१ जना ड्राईभर बिच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबारदेखि शुरु हुने प्रतियोगिता नासा नेपाल वाग्मती संघ तथा चितवन अटोमोवाइल्स डिलर्स एसोसिएसन (काडा) को संयुक्त आयोजनामा हुन लागेको हो । चितवनकै पहिलो रोमान्चक र साहसिक खेलमा हालसम्म २१ जनाको सहभागी रहेको आयोजक संस्थाले जानकारी दिएको छ । भोलि शुक्रबार ५ बजे देखी एचबअतष्कभ तथा त्तगबषिथष्लन च्यगलम शुरु भएर शनिबार बिहान देखिनै Practise tyf Qualifying Roundका इभेन्टहरु सञ्चालन हुनेछन । भरतपुर नगरपालीकाका प्रमुख रेनुदाहालद्धारा सहभागिलाई सम्मान गरिने नासा तथा काडाका अध्यक्ष राजन पियाले जानकारी दिनुभयो । चितवनलाई साहसिक र खेल पर्यटनको मूख्य गन्तव्य बनाउने उद्धेश्यसहित भरतपुर महानगरपालिकाले सहयोग गरेको हो ।
इभेन्टमा काडा चितवनमा आबद्ध र खेलप्रेमी व्यवसायीहरुको सक्रिय सहयोग प्राप्त भएको छ । Thrill, Adventures तथा Skill को संयोजनबाट खेलिने अटो जिमखानाका कुल सहभागी २१ मध्ये १४ ड्राइभर चितवन बाहिरका र ७ ड्राइभर चितवनका रहेका छन् । सो मध्ये २ जना महिला प्रतिस्पर्धी छन । च्याम्पीयनसिपका विजेता पुरुष तथा महिलाबाट १÷१ जनाले (बेष्ट टाइमिङ्गको आधारमा ) आगामी नोभेम्बरमा चाइनिज ताइपेइमा हुने एसिया प्यासिफिक अटो जिमखाना
च्याम्पियनसिपमा सहभागिको अवसर प्राप्त गर्नेछन्। त्यसैगरी पहिलो दोश्रो र तेश्रोले क्रमशः २७ हजार ९ हजार र ३ हजार नगद शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन ।
जिमखानामा एक हजार सिसि माथिका सबै किसिमका गाडीलाई प्रतिस्पर्धाको लागि खुल्ला गरिएको छ । सो इभेन्टमा प्राविधिक कार्यको लागि नासा नेपालका दक्ष मार्शलहरु चितवन आउने क्रम शुरु भइसकेको पियाले बताउनु भयो । प्रतिस्पर्धी ड्राइभरहरुले भोलि ४ बजे प्रस्तावित ट्रयाकमा आइपुग्ने छन् ।