चितवन । चितवन जिल्लाबाट एक बर्षको अवधिमा करीब १४ हजार जना रोजगारीका लागि विदेश जाने गरेको पाईएको छ । गत आर्थिक बर्ष ०७८÷०७९ मा चितवन जिल्लाबाट वैदेशिक रोजगारीमा जान १३ हजार ९ सय २७ जनाले श्रम स्वीकृत लिएको पाईएको हो ।
भरतपुर महानगरपालिकाले आज भरतपुरमा आयोजना गरेको वैदेशिक रोजगारका सम्बन्धमा तथ्यांक सकलन, अभिलेखिकरण र पार्श्वचित्र निर्माण गर्न गरेको अन्तरक्रियामा उक्त तथ्यांक प्रस्तुत गरिएको हो । हाल जिल्लामा मासिक एक हजार एक सय ६१ जनाले श्रम बजारमा रोजगारीका लागि श्रम स्वीकृत लिने गरेका छन । त्यस्तै सोही आर्थिक बर्षमा बागमती प्रदेशबाट ९१ हजार ५ सय १० जनाले श्रम बजारमा रोजगारीका लागि श्रम स्वीकृत लिएको महानगरको सामी कार्यक्रमका शुसासन सयोजक भक्त राइले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा सयोजक राइले वैदेशिक रोजगारीका सम्बन्धमा देखिएका विवरणहरु प्रस्तुत गरेका थिए ।
भरतपुर महानगरपालिकाका २९ वटै वडाका अध्यक्ष तथा सचिवहरु सँग गरिएको अन्र्तक्रियामा वैदेशिक रोजगारका सम्बन्धमा देखिएका समस्या, चुनौती र वैदेशिक रोजगारमा गएकाहरुको अवस्थाको बारेमा छलफल तथा बहस गरिएको थियो ।
सयोजक राइले वैदेशिक रोजगारको सवाल,स्थानीय सरकारको पहलहरु र पार्श्वचित्र निर्माणका सम्बमा अनुभव तथा सिकाइका बारेमा समेत कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।
कार्यपत्रमा नेपालमा प्रति बर्ष करिब १४ लाख ५० हजार श्रमशक्ति श्रम बजारमा श्रम गर्न जाने गरेका छन भने श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जानेको सख्या ६४ लाख रहेको छ । त्यस्तै गत आर्थिक बर्षमा मात्रै बागमती प्रदेशबाट ९१ हजार ९ सय ४८ जनाले श्रम स्वीकृत लिएका छन । आर्थिक बर्ष ०७८÷०७९ मा १० खर्ब ७ अर्ब बिप्रेषण भित्रिएको छ ।
भरतपुर महानगरपालिकाले यही बैशाख १६ गते बाट २९ बटै वडाहरुमा गणकहरु खटाएर वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको विवरण संकलन गर्दै छ । यसै सन्दर्भमा महानगरले वैदेशिक रोजगारका सम्बन्धमा तथ्यांक सकलन, अभिलेखिकरण र पार्श्वचित्र निर्माण गर्न जनप्रतिनिधिहरुसँग अन्र्तक्रिया गरेको हो । महानगरपालिकाले बिहिबार र शुक्रबार २९ वटै वडाबाट छनौट भएर आएका गणकहरुलाइ प्रशिक्षण समेत दिने भएको छ । प्रशिक्षण पश्चात् वडा वडामा गएका गणकहरुले अनलाइन मार्फत विवरणहरु अध्याबधिक गरिने स्वास्थ तथा सामाजिक बिकास महाशाखाका निर्देशक शान्ता कुमारी बताईन । पौडेलका अनुसार वडामा जाने गणकहरुले वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको घर घरमा गएर उनीहरुको पारिबारिक विवरणका साथै लिग, उमेर, वैदेशिक रोजगारीमा गएको अवधि, मान्यता प्राप्त म्यानपावर बाट गए नगएको,वैदेशिक रोजगारी बाट फर्कनुको कारण, फर्केर आएपछि ब्यापार ब्यबसाय गरे नगरेको जस्ता थुप्रै विवरणहरु अध्याबधिक गर्नेछ ।
सो अवसरमा बोल्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले महानगरको यो कार्यक्रम उपलब्धिमुलक हुने बताए । ’यो हाम्रो मात्र नभई भरतपुर महानगर कै गौरबको कार्यक्रम हो उप प्रमुख अधिकारीले भने, यो अभियानबाट वैदेशिक रोजगारीका सम्बन्धमा देखिएका जटिलताको अन्त्य हुने अपेक्षा छ । ’