चितवन ।भरतपुर महानगरपालिकाले भइपरि आउने विपदमा तत्काल उद्धारमा खट्नको लागि नगरस्तरीय युवा स्वयंसेवकहरुलाइ प्रशिक्षण दिएको छ ।
बिपद र सकटको समयमा कसरी बच्ने, अरुलाइ कसरी बचाउने, के कस्ता साबधानिका उपायहरु अपनाउने, बिपद के हो र कसरी आउँछ भन्ने सन्दर्भमा महानगरले युवाहरुलाइ लक्ष्यित गरि तालिमको आयोजना गरेको जनाएको छ । तालिममा महानगरपालिका भित्रका २९ वटै वडाबाट प्रतिनिधित्व रहने गरि ४५ जना सहभागी भएका छन ।
विपद प्राय: मानवबाट सिर्जित पूर्वाधारबाट हुने भएकोले भौतिक संरचनाको संरचना दिगो हुने गरी निर्माण गर्नुपर्नेमा भरतपुर महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीले जोड दिनु भयो । वहाँले विपद व्यवस्थापनको लागि स्थानीय स्तरमा सामान्य जानकारी पुर्याउन युवा लाग्नु पर्ने समेत बताउनु भयो ।
स्थानीय बिपद ब्यबस्थापन समितिका सदस्य समेत रहेका नगर उप प्रमुख अधिकारीले महानगरपालिकामा आकस्मिक रुपमा आउने बिपद्लाइ ब्यबस्थापन गर्ने उदेश्यका साथ तालिम आयोजना गरिएको पनि प्रष्ट पार्नु भयो । बिपद र सकटलाइ केही हद सम्म भए पनि कम गर्न यो तालिम कोश ढुङगाको रुपमा सावित हुने छ उप प्रमुखले भन्नू भयो,अब महानगरका प्रत्येक वडा भुकम्पिय जोखिमका दृस्ठिकोणबाट सुरक्षित हुने छन ।
प्राकृतिक तथा मानव सिर्जित दुवै प्रकारका विपद् तथा मानवीय सहयोग आवश्यक पर्ने अवस्थाहरुमा काम गर्नमा युवाहरु अग्रसर हुन जरुरी छ उप प्रमुखले तर्क गर्नु भयो ।
५ दिन सम्म सन्चालन हुने तालिमलाइ श्री न २ बिपद ब्यबस्थापन गण रसौली , सशस्त्र प्रहरी बल नेपाल न १७ गण हेडक्वाटर आपटारी र जिल्ला प्रहरी कार्यलय चितवनले सहकार्य गरेका छन ।
भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेलले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भएको थियोे । कार्यक्रममा स्थानीय बिपद ब्यबस्थापन कोष सन्चालन समितिका सदस्य मनोज रानाभाट, बालकुमारी मा बि नारायणगढका प्रध्यानाध्यापक आन्नदराज सापकोटा,श्री न २ बिपद ब्यबस्थापन गण रसौलिका प्रमुख सेनानी कुलचन्द्र श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।
बाढि, पहिरो तथा भुकम्पिय जोखिमको दृस्ठिकोणबाट नेपाल ११ औ र १६ औ स्थानमा रहेको छ भने बाढि पहिरोको जोखिममा नेपाल ३० औ स्थानमा रहेको छ ।
जलवायु परिवर्तनको जोखिममा रहेका देशहरुको सुचीमा नेपाल चौथो स्थानमा रहेकोे छ ।
जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पार्ने भएतापनि विपदको अवस्थामा सबैभन्दा बढी बालबालिकाहरु जोखिममा पर्ने बिश्लेशकहरुले औल्याएका छन । बि स २०७२ को भुकम्पमा ८ हजार नौ सय जना भन्दा बढिको ज्यान गुमेको थियोे जस मध्ये लगभग ३३ प्रतिशत बालबालिका रहेका थिए।