चितवन । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको पक्षधरलाई बिजयी गराउनु पर्ने बताउनुभएको छ । यही बैशाख १० गते हुने उपनिर्वाचन केन्द्रीत घरदैलो तथा कोणसभामा सहभागी हुँदै उहाँले संबिधानको रक्षा र लोकतन्त्रका पक्षधरलाई निर्बाचनमा जिताउनु पर्ने बताउनुभएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर ७ र ५ का बिकास चोक, बंशी चोक, समि चोक, आनन्दपुर चौतारी, सापकोटा चोक लगाएतका स्थानमा गरिएको घरदैलो तथा चुनाबी सभामा सम्बोधन गर्दै उहाँले देशको स्थिरताका लागि गठवन्धन आबश्यक रहेको बताउनुभयो । संबिधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रीक बाम गठवन्धनलाई मतदान गर्न आग्रह गर्नु भयो । उहाँले वि. सं. २०६२÷०६३ सालको परिवर्तन पछि प्राप्त गरेको संबिधानको रक्षाका लागि गठवन्धन वनेको जिकिर गर्नुभयो ।
काँग्रेस नेता सिंह भन्नुभयो “जनताको संघर्षबाट पाएको संबिधान कार्यान्वयनका लागि जिम्मेवार दलहरुलाई अधिकार दिनुस् ।” देशमा राजनैतिक स्थिरताका लागि गठवन्धनमा मतदान गर्न उहाँको जोड थियो । यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने तपाईहरुलाई थाहानै छ उहाँले थप्नुभयो “अब फेरी निर्वाचन गर्न नपर्ने गरि स्थानीय नेतालाई मतदान गर्नुस् ।”
नेपाली काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य रामहरी खतिवडाले संघिय सरकार गठवन्धनको सरकार भएको भन्दै यसको गतिका लागि पनि चितवनमा काङ्ग्रेसलाई जिताउनुपर्ने बताउनुभयो । गठवन्धनको जीतसंगै बिकास निर्माणमा समेत गति लिने उहाँको भनाई थियो ।
घरदैलो कार्यक्रममा गठवन्धनका उम्मेद्धार जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला इन्चार्ज घनश्याम दाहाल, नेकपा समाजबादीका प्रदेश अध्यक्ष साबित्रा भूषाल, वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले, नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ७ का सभापति बिनोद ढकाल, वडा नम्बर ५ का सभापति भिमनारायण पौडेल, काँग्रेस नेतृ देवकी गौतम, इन्द्रमणी गैरे लगायतले बोल्नुभएको थियो ।