चितवन, नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ्ले नयाँ जोगीलाई भिक्षा दिदाँ ख्याल गर्न चितवनका जनतालाई आग्रह गर्नुभएको छ । नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर २ ले बिभिन्न स्थानमा गरेको चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले चितवन दुईमा निर्वाचन लड्न आएका स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेलाई नयाँ जोगीको सज्ञा पनि दिनुभयो ।
“चुनावी अभियानमा नयाँ जोगीले धेरै खरानी धसे । जोगिलाई भिक्षा दिदा धयान पुरयाइएन भने कहिले काही गलत पनि हुन सक्छ”, उहाँले भन्नुभयो । भिक्षा दिदा नै गलत गरिदा रावणले सिता हरण गरेको धार्मिक प्रशग पनि उहाँले सुनाउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले पार्टीमा युवाहरुको हस्तक्षेप वढ्दै गएको बताउनुभएको छ । उहाँले पार्टी भित्र युवा पुस्ताको हस्तक्षेप वढ्दै गएकाले नैराश्यता हुनुपर्ने अबस्था नरहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “काँग्रेसले आफ्नो कार्यकालमा गरेका विकास निर्माणका वारेमा जनतामा वुझाउन सकेन । यसका कारण पनि जनतामा केही गरेन भन्ने नैरश्यता रह्यो ।” चितवनले राम्रो नेतृत्व नपाउदा विकासका दृष्टिले पछि परेको पनि उहाँले स्विकार्नुभयो ।