चितवन । नेपाल पत्रकार महाँसंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी संविधान दिवस २०७९ का अवसरमा प्रदान गरिएको ुप्रबल जनसेवाश्रीु मानपदवीबाट विभूषित हुनुभएको छ ।
नयाँ वर्ष २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई ुप्रबल जनसेवाश्रीु मानपदवी प्रदान गर्नुभएको हो । अधिकारीले शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा मानपदवी विभूषण ग्रहण गर्नुभयो ।
पत्रकारीता मार्फत समाजमा पुर्याएको योगदान गरेको भन्दै उहाँलाई विभूषित गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ११ निवासी अधिकारी संविधान दिवसका अवसरमा मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने क्रममा मानपदवीद्वारा विभूषित गरिएको थियो ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको सिफारिसमा जनसेवाश्री मानपदवी प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।
अधिकारी राष्ट्रिय समाचार समिति चितवन प्रमुख हुनुहुन्छ भने नेपाल प्रेस युनियन चितवनका निबर्तमान अध्यक्ष समेत रहनु भएको छ । अधिकारी चितवनबाट पत्रकारीता गरेर विभूषित हुने पहिलो व्यक्ति हुनुहुन्छ । चितवनमा रहेर बिगत २० वर्ष देखि अधिकारीले पत्रकारिता गर्दै आउनुभएको छ ।
पत्रकार नारायण अधिकारी प्रबल जनसेवाश्री मानपदवीबाट विभुषित
पत्रकार नारायण अधिकारी प्रबल जनसेवाश्री मानपदवीबाट विभुषित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु