चितवन । दुईदशक अघि स्थापना भएको नारायणगढस्थित चितवन हिमाल डेण्टलको दोस्रो शाखा भरतपुरमा विस्तार गरेको छ । सेवाग्राहीको माग र आवश्यकताका अनुसार चितवन हिमाल डेण्टल प्रालि भरतपुर शाखा तथा लाइफलाइन हेयर ट्रान्सप्लाण्ट एण्ड स्क्रिन केयर प्रा.लि. सञ्चालनमा ल्याईएको हो ।
नयांँ बर्षको अवसर पारेर शाखाको औपचारिक रुपमा सञ्चालनमा ल्याईने कम्पनीले जनाएको छ । डेण्टलले बिहीबार पत्रकार सम्मेलन गरी उद्घाटन र सेवाको सबै तयारी पुरा भइसकेको जनाएको हो ।
डेण्टलका सञ्चालक जयराम जोशीले शाखा विस्तार संँगै फेस देखि केश सम्मको सुविधा दिन लागिएको जानकारी दिए । अब दांँतसम्बन्धी उपचार सेवा दिएर मात्रै हुंँदैन उनले भने मानिसको जीवनशैली र माग अनुसार हामीले छालादेखि केश रोप्ने अत्यधुनिक प्रविधि पनि ल्याएका छौं ।
उनका अनुसार नारायणगढको शहिद चोकमा सेवाग्राहीलाइ थप सेवा दिन सांघुरो भएकोले पनि भरतपुरमा थप सेवा सहित दोस्रो शाखा सञ्चालनमा ल्याईएको हो । भरतपुरमा शाखा संँगै यस वरपरका सेवा ग्राही र दांँत बाहेकका सेवाको लागि यो शाखा उपयुक्त भएको उनको भनाई छ ।
डेण्टल सञ्चालनमा आएसंँगै उद्घाटनको अवसरमा १५ दिनसम्म ३० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिइन् ।
यस अवधिमा टिकट शुल्क पूर्ण रुपमा निःशुल्क गरिएको छ । त्यसपछि टिकट शुल्क १०० रुपैयाँ तोकिएको जोशीले जानकारी दिए । यस शाखाबाट दाँतको उपचार मात्र नभई कपाल प्रत्यारोपण र छालाको उपचार सेवा समेत प्रदान गरिने छ । डेण्टलका मुख तथा अनुहार विशेषज्ञ डा.कृष्णप्रसाद रेग्मीले सबै खालका दाँत, मुखका उपचारहरु डेण्टलबाटै गरिने बताए । अन्य जटिल उपचार अवस्था हेरेरै यहाँकै निजी अस्पतालबाट सेवा दिइने उनले बताए ।
यहाँ निःशुल्क दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टीकहरुद्धारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नुपर्ने अथवा झिक्नै नपर्ने गरि फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार, दाँतमा हिरा राख्ने, दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे सेवामा ३० प्रतिशत छुटको व्यवस्था रहेको संचालिका रञ्जिता जोशीले जानकारी दिइन ।