चितवन । चितवनमा सवारी दुर्घटनामा परी १८ महिने बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १५ की सुमित्रा तामाङ्गकी छोरी यान्बी तामाङ्ग रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अन्दाजी बेलुका.पांँच बजे भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भरतपुर बाट मंगलपुर तर्फ जादै गरेको ना २ ह ११९२ नं. को अटोरिक्सा लाई ना २ ह ७३१७ नं. को अटोरिक्साले ठक्कर दिदाँ ७३१७ नं को अटोमा सवार सोही ठाउंँकी सुमित्रा तामाङ र उनकी १८ महिनाकी छोरी यान्बी तामाङ अटोबाट खसेको र सोही. दिशा तर्फ गई रहेको प्रदेश २–०३–००१च ५७९९ नं को पिक अपले उनीहरुलाई ठक्कर दिदाँ दुवै गम्भिर घाईते भएका थिए ।
गम्भिर घाईते यान्बीको चितवन मेडिकल कलेजमा उपचारको क्रममा सांँढे पांँचबजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । आमा सुमित्राको सोही अस्पतालमा उपचार भईरहेको छ । तीनवटै सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।