चितवन । चितवनमा नेपाल अटो जिमखाना च्याम्पियनसिप हुने भएको छ । अटोमोबाईल्स तथा यसको खेल प्रर्वद्धन तथा स्थापित गर्ने उद्धेश्य सहित उक्त खेल प्रतियोगिता हुने भएको हो ।नेपाल अटोमोबाईल्संघ(नासा) बागमती प्रदेश र चितवन अटोमोबाईल्स डिलर्स एशोसियन(काडा)ले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
चितवनमै पहिलोपटक आउंँदो बैशाख ३० गते उक्त च्याम्पियनसिप हुन लागेको आयोजक संस्था नासा र काडाले जानकारी दिएको छ । अटोमोबाइल क्षेत्रमा साहसिक खेल प्रर्दशन र प्रर्वद्धन गर्ने उद्धेश्य सहित जिमखाना च्याम्पियनसिपको आयोजना गर्न लागिएको नासा तथा काडाका अध्यक्ष राजन पियाले बताउनुभयो ।
‘यस्ता खेलहरु विदेशमा प्राथमिकता राखेर खेल्ने र खेलाईने गरेका हुन्छन, पियाले भन्नुभयो , नेपालमा पनि यस्ता खेलले अटोमोबाईल्स क्षेत्रको प्रर्वद्धन हुनेछ भन्ने अपेक्षा गरेका छौं ।’
पियाका अनुसार देशभरबाट च्याम्यिनसिप खेल्ने ड्राईभरहरु (खेलाडी)लाई अनलाईन मार्फत आवेदन भर्न सक्ने र सोही भित्रबाट १६ जना देखि २५ जना ड्राईभर छनौट गरिने छ । मोटर रेसिंगको सर्ट सर्किट विधा अन्र्तगत अटो जिमखाना खेल छोटो सांँगुरो अस्थाई सर्किट डिजाईन गरी कलात्मक तरीकाले तयार गरिन्छ । जहांँ ड्राईभरहरुले आफ्नो कला , साहस र सृजना प्रर्दशन गर्नेछन । उक्त प्रतियोगितामा ड्राईभर, मार्शल, प्राविधिक गरी ८० जनाको सहभागिता रहने पियाले जानकारी दिनुभयो । यस प्रतियोगितामा भाग लिन नासाको अनुमति पत्र लिएको ड्राईभर हुनुपर्नेछ ।
विदेशमा जस्तै अटोमोबाइल्स खेलका पारखीहरुलाई साहसिक खेलमा सहभागी गराउन र यस्ता खेललाई प्रर्वद्धन गर्न चितवनमा पहिलोपटक यो प्रतियोगिताको आयोजना गरिएको फेडेरेसन अफ ईन्टरनेशनल अटोमोबाईल (एफआईए)का वल्र्ड काउन्सिल सदस्य गोविन्द भट्टराईले जानकारी दिनुभयो । ‘अटोमोबाइल्सबाट पनि साहसिक खेल नेपालमा पनि हुन्छ भन्ने जानकारी दिन र सेफ्टी ड्राईभिङ्गको लागि अभ्यास दिन यो प्रतियोगिता गर्न लागिएको हो ।’ भट्टराईले भन्नुभयो ।
प्रतियोगितामा हरेक आवेदकले तीनहजार रुपैंया दर्ता शुल्क बुझाउनु पर्नेछ र आफ्नै चारचक्के १२०० सिसी देखि २००० सिसी सम्मका सवारी उपलब्ध गर्नुपर्नेछ । बिजेताले क्रमश २७ हजार रुपैंयांँ ९ हजार र ३ हजार नगद सहित शिल्ड र प्रमाणपत्र पाउनेछन ।
एफआईएको सहकार्यमा हुन लागेको प्रतियोगितामा १४ लाख ३० हजार खर्च अनुमान गरिएको छ र खर्च आवेदकको शुल्कबाट व्यवस्थापन गरिने बताईएको छ ।
जिल्ला बाहिरका प्रतियोगीको लागि आवास , लञ्चको निशुल्क व्यवस्थापन गरिने प्रतियोगिताको अघिल्लो दिन सामुहिक विमा, रेसिङ्ग तथा रोड सेफ्टी सम्बन्धी अभिमुखिकरण गरिने नासाका महासचिव शुशील तण्डुकारले बताउनुभयो । प्रतियोगितामा हुने जोखिमलाई मध्यनजर गरी स्वास्थ्यकर्मी सहित एम्बुलेन्सको व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ ।