चितवन । नेपाल रेडक्रस सोसाईटी उपशाखा गितानगरको आयोजना तथा भरतपुर आँखा अस्पतालको सहयोगमा गितानगरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त शिबिरमा ५ सय ७५ जनाको निः शुल्क आँखा परिक्षण गरिएको थियो ।
उपशाखाका सह सचिव एवं स्थानीय समाजसेवी उपेन्द्र पण्डितका अनुसार शिविरमा सहभागी मध्ये २६ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । यस्तै १७० जनालाई निःशुल्क चश्मा बितरण गरिएको उहाँले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति हरि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सेवाग्राहीले गाउँमानै शिविर ल्यायर सेवा दिएको भन्दै रेडक्रस र आँखा अस्पतालको काम प्रति प्रशंसा गरेका थिए ।
प्रमुख अतिथि पौडेलले समाजको सेवाका लागि स्थापित रेडक्रसले सामाजिक कामहरुलाई आफ्नो मर्मको रुपमा काम गर्ने वताउनुभयो ।कार्यक्रमका संयोजक सरोज कोईरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।