चितवन । नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोईरालाको १३ औ स्मृति दिवसको अवसरमा भरतपुर अस्पतालको प्रसुति गृहमा उपचाररत महिलाहरुलाई पोषण युक्त खानेकुरा वितरण गरिएको छ । गिरिजा प्रसाद कोईराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलेपमेन्ट को आयोजनामा अस्पतालमा उपचाररत रहेका ५० जना महिलालाई पोषण युक्त खानेकुरा बितरण गरिएको हो ।
नेपाली काङ्ग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले उहाँहरुलाई खानकुरा वितरण गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै उहाँले नेपालको राजनितिमा युगपुरुषको रुपमा रहनु भएका
कोईरालाको सिद्वान्त काङ्ग्रेस कार्यकर्ताले पछ्याउनु पर्ने बताउनुभयो । काङ्ग्रेसको नेतृत्वमा कोईराला रहँदा भएका कामहरु प्रशंसा गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने उहाँको भनाई थियो ।
फाउन्डेसनका अध्यक्ष कमल आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोपाल दराईले सहजिकरण गर्नु भएको थियो ।