चितवन । विश्वविख्यात कम्पनी सुजुकीले दुई नयाँ मोडलका गाडीहरु सार्वजनिक गरेको छ । ग्राण्ड भिटारा र नयाँ ब्रेजा दुई गाडीहरु शुक्रबार एक कार्यक्रमको आयोजना गरि भरतपुरमा सार्बजनिक गरिएको हो । नेपालका लागि सुजुकी ब्राण्डको चारपाङ्ग्रे सवारी साधनको आधिकारिक बितरक तथा सिजी होल्डिङ्स अन्तरगतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी एनेक्सटीजेनले दुई नयाँ एसयुभी सार्बजनिक गरेको छ । कार्यक्रममा सादभि इन्टरनेशनल प्रालि का प्रबन्ध निर्देशक सुरज राज जोशी, निर्देशक कैलाश घिमिरे, कम्पनी प्रतिनिधि तुफान शाही, गोपाल शाही लगायत बैंकर्स, ब्यबसायीहरुको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा बोल्दै शाहीले यी ब्रेजाको नेपाली बजारमा अत्यधिक रुचाईएको भन्दै चितवन र यस वरपरका जिल्लालाई लक्षित गरी गाडी सार्वजनिक गरिएको बताए । अन्य विदेशी कम्पनीको तुलनामा यस कम्पनीले मुल्य र सेवा उत्कृष्ट भेरियण्टमा रहेको बताए । उनले नेपाली माटो सुहाउंँदो र मर्मत सम्भारमा पनि अन्य विदेशी कम्पनीको तुलनामा सहुलियत दर र सहज रुपमा पाईने बताए ।
ब्रेजाको बजार मूल्य ४१ लाख ९९ हजार देखि ५३ लाख २९ हजार सम्म रहेको छ भने ग्राण्ड भिटाराको बजार मुल्य ६० लाख ९९ हजार देखि ८५ लाख २९ हजार सम्म रहेको कम्पनीले जनाएको छ ।