चितवन । प्रोफेसनल मिडीया ग्रुप द्धारा सञ्चालित रेडियो भरतपुरले मंगलबार होली बिशेष कार्यक्रम होली हंगामा–२०७९ सम्पन्न गरेको छ । नेपाली संस्कृतिको जगेर्ना र संरक्षण गर्ने उद्धेश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको हो । ग्रुपको परिषरमा गरिएको कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गदैं प्रमुख अतिथि भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले होली पर्वले एकता , हार्दिकता र सद्भाव कायम गर्ने बताउनुभयो । उपप्रमुख अधिकारीले भरतपुर महानगरपालिकाले स्थानिय सञ्चार माध्यमलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । आवाज विहिनहरुको वास्तविक आवाज बनेर रेडियो अघि वढ्न सुझाव समेत उहांँले दिनुभयो । सोही
कार्यक्रममा भरतपुर महानगरपालिका ५ वडाअध्यक्ष युद्धप्रसाद श्रेष्ठ विशिष्ट अतिथि,जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गोपाल पौडेल,नेपाल प्रेस युनियन चितवन उपाध्यक्ष सुर्यप्रसाद अधिकारी,जनपत्रकार संगठनका केन्द्रीय सदस्य सुर्य वरालले होलीलाई सभ्य , मर्यादित बनाउनु पर्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भएको थियो ।
होली हंगामा कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक जि.वि. सुनार,सञ्चारकर्मी विरेन्द्र गिरी लगायतले मनोरञ्जन प्रदान गर्नुभएको थियो । ग्रुपका अध्यक्ष÷प्रबन्ध निर्देशक नविनराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण रेडियो भरतपुरका स्टेशन म्यानेजर सुवास लामिछानेले गर्नुभएको थियो ।