भरतपुर ।
रंगहरुको पर्व होलीको अवसरमा भरतपुर–१३ को हिमाल युवा क्लबले टोल स्तरीय भेट्रानहरु बिचको भलिबल प्रतियोगिता गरेको छ ।
भलिबल खेलको प्रवद्र्धन गर्दै नेपाली सांस्कृति होलीको मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न ३५ वर्ष माथिको भेट्रान भलिवल आयोजना गरिएको क्लबका अध्यक्ष सन्जिव न्यौपानेले बताए ।
उनका अनुसार क्लबको कार्यक्षेत्र रहेको भरतपुर १३ का टोलहरुले प्रतियोगितामा सहभागीतामा सहभागीता जनाएका छन् ।
हिमालय दण्डपाणी न्यौपाने माध्यामिक विद्यालय, चम्पानगरको खेल मैदानमा आयोजना गरिएको यो प्रतियोगित चौथो संस्करण हो ।
चौथो राईनोकुञ्ज भेट्रान भलिबल प्रतियोगिता २०७९ नाम सहित सोमबार पहाडी होलीको दिनबाट शुरु भएको प्रतियोगिता मंगलबार तराईं होलीको दिनमा सम्पन्न हुनेछ ।
क्लबका निर्वतमान अध्यक्ष केशव देवकोटाका अनुसार पहिलो दिन ६ वटा खेल सम्पन्न भएका छन ।
सोमबार पृथ्विटोल विकास संस्था र पाखुरीचोक टोल विकास संस्था (ख), बाटुली पोखरी टोल विकास संस्था र बह्मपुरी टोल विकास संस्था वीच क्वाटर फाईनलको खेल हुनेछ ।
यहाँ बाट विजयी टिमले सोमिफाईनलमा प्रवेश गरेको धनुकिरण टोल विकास संस्था र पाखुरी चोक टोल विकास (ए) संग प्रतिस्पर्धा गर्ने छन।
क्लबका कोषाध्यक्ष राजेन्द्र दवाडीका अनुसार विजयी टिमले २० हजार, उप विजेताले १० हजार र तृतीयले पाँच हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन। उनका अनुसार प्रोत्सान पुरस्कार स्वरुप चौथो हुने टिमलाई नगद ३ हजार पुरस्कार प्रदान गरिनेछ ।
प्रगतिको लागी युवा शक्ति, खेल विकासको लागि युवा शक्ति भन्ने मुलनाराका साथ वि.सं. २०५७ साल देखि हिमाल युवा क्लव खेलकुद गतिविधिमा संक्रिय छ ।