गैंडाकोट । निरन्तरको प्रयासले मात्र सफलता प्राप्त गर्न सकिनेमा विस्वस्त लायनहरुले डिष्ट्रिकको आफ्नो कार्यालय बनाउने निर्णय गर्दै शनिवार तेश्रो क्याविनेट बैठक गैडाकोटमा समापन गरेका छन् । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरको तेश्रो क्याविनेट बैठकको प्रमुख अतिथि बालकृष्ण बुर्लाकोटी हुनुहुन्थ्यो । प्रमुख अतिथि बुर्लाकोटीले चितवन नवलपुर क्षेत्रका लायनहरु निक्कै क्रियासिल रहेको स्मरण गर्दै लायन्सहरुको पहलमा धेरै जनसरोकारका कार्य भएको बताउनुभयो । त्यस्ता कार्यले मात्र लायन भनेर चिनाउन पाउदा गर्वको महसुस हुने भन्दै यस्ता कार्यमा निरन्तर लाग्न उपस्थित लायनहरुलाई आग्रह गर्नुभयो ।
बैठकमा आफ्ना धारणा राख्दै पुर्व डिष्ट्रिकको गर्भनर प्रभातकुमार जोशी, डी के ढुगानाले बदलिदो समयमा अरुलाई बदल्नुभन्दा पनि आफु बदलिन जरुरी भएको बताउनुभएको थियो। वहाँहरुले काम सबैले गर्दछन तर प्रभावकारी ढंगले गर्न सकेमात्र जीवन्त हुने बताउदै लायन्सहरुलाई प्रभावकारी र जिवन्त कार्य गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रमा निवर्तमान डिष्ट्रिक गर्भनर रामप्रसाद भट्ट, कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठ, द्धितिय भाईस डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपाने, प्रथम भाईस डिष्ट्रिक गर्भनर आर एस महतोले शुभकामना प्रदान गर्नुभएको थियो ।
लायन्स क्ल्बका डिष्ट्रिकहरुले हरेक ३÷३ महिनामा क्याबिनेट बैठक आयोजना गर्ने गर्दछन । तिनै क्याबिेट बैठकबाट अघिल्लो ३ महिनामा गरिएका गतिबिधिको अनुमोदन एवं भावी कार्यक्रमहरुको छलफल गर्ने गरिन्छ । बैठकमा ६१८ जना लायनहरुको सहभागिता रहेको क्याविनेटका सचिब राजेन्द्र गौतमले जानकारी दिनुभयो।
बैठकमा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरकोे गुठी नेपाल लायन्स फाउन्डेसन तथा अन्तराष्ट्रिय गुठी मेल्भिन जोन्स फाउन्डेसनमा योगदान गर्ने लायनहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट जोन, रिजोन चियर पर्सनहरुलाई समेत डिष्ट्रिक गर्भनरले सम्मान गर्नुभएको थियो । बालगोपाल चुकेको ब्यवस्थापनमा सम्पन्न कार्यक्रम लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेको अध्यक्षमा सम्पन्न भएको थियो ।