चितवन । नेपाल प्रेस युनियन चितवनले सदस्यता खुल्ला गरेको छ । सञ्चारकर्ममा सक्रिय रहेका पत्रकारहरुका लागि सदस्यता लिन आव्हान गरेको छ । बुधबार विहान बसेको कार्यसमिति बैठकले फागुन १६ गतेसम्म सदस्यता खुल्ला गर्ने निर्णय गरेको हो । अध्यक्ष अनिल ढकालले सदस्यता नविकरण र सदस्यता वितरणका लागि ४ सदस्यीय समिति बनाईएको जानकारी दिए ।
सचिव प्रस्ताव सुवेदीको संयोकत्वमा बनेको समितिमा कोषाध्यक्ष विप्लव काफ्ले, सदस्यद्वय राजु चौधरी, विवेक न्यौपाने रहेका छन् । सदस्यताका लागि भरतपुर बसेनी स्थित कार्यालयमा सचिवालय राखिएको छ । सचिव सुवेदीले सदस्यताका लागि मिडियामा कार्यरत रहेको कागजपत्र अनिवार्य पेश गर्नुपर्ने बताए ।
परिचयपत्र सहित नविकरणका लागि ४ सय रुपैयाँ र नयाँ सदस्यका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ । फागुन १६ गतेसम्म नविकरण नगर्ने सदस्यहरुको सदस्यता निष्कृय हुने समेत जनाइएको छ । प्रेस युनियनको जिल्ला अधिवेशन केही महिनामा हुदैछ । बैठकले जिल्ला शाखालाई क्रियाशिल बनाउदै पत्रकारहरुलाई एक्यवद्ध गर्न सदस्यता खुल्ला गरेको हो ।