चितवन । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सरकारको जग कमजोर भएको टिप्पणी गर्नुभएको छ । नेपाल प्रेस युनियन चितवनद्धारा आयोजित े पत्रकार सम्मेलनमा बोल्दै उहाँले कुनै बिचार र लक्ष्यका आधारमा बनेको गठबन्धन नभएकोले कमजोर रहेको बताउनुभयो । ढिलो चाँडो यसको विघटन हुने स्वभाविक रहेको छ । तर कहिले हुन्छ । तीथि मिति तोक्न चाहँदैनौ , उहांँले भन्नुभयो, हिजोको घटना क्रमले पनि सरकारमा जाने ग्रिन सिग्लन मिलेको छ । कांँग्रेस कमब्याक हुन्छ ।’
उहाँले राष्ट्रपति काङ्ग्रेसको हुनु पर्ने बताउनुभयो । संविधानको रक्षाका लागि काङ्ग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो “हामीले सबै दललाई काङ्ग्रेसको उम्मेदवारलाई सहयोग गर्न आव्हान गरेका छौ ।
सरकारात्मक प्रतिकृयाहरु आएका छन् ।” काङ्ग्रेसको राष्ट्रपति वन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने उहाँले बताउनु भयो ।
नेपालको आर्थिक, सामाजिक रुपान्तरण, शुशासन, विकास, सम्वृद्धिका लागि काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको उहाँको भनाई थियो । “ढिलो चाँडो अन्यपार्टीहरुले पनि महशुस गर्ने छन् भन्ने हामीलाई लागेको छ ।” उहांँले भन्नुभयो ।
कांँग्रेस कानुनी शासनमा बिश्वास गर्ने, लोकतन्त्रका लागि लगातार लड्ने पार्टी सबैभन्दा बढी बिचार र सुशासन प्रति प्रतिवद्ध पार्टी भएको उहाँको भनाई थियो ।