चितवन । नेपाली कांँग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले कांँग्रेस अहिलेको गठबन्धन भत्काउने पक्षमा नरहेको बताउनु भएको छ । कांँग्रेस लोकतान्त्रिक मुल्य मान्यता र पद्धतिमा हिंडेको पुरानो पार्टी भएकोले अस्थिरताको पक्षमा नरहेको बताउनु भयो ।
आज भरतपुरमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केसीले कांँग्रेसले राष्ट्रपतिको दाबी गरेको बताउनु भयो । ‘हामी यो गबन्धन पक्षमा छैनौं तर राष्ट्रपतिको दाबी कांँग्रेसले गर्छ ।’ राष्ट्रपतिको लागि कांँग्रेसले राष्ट्रिय सहमति खोजेको उहांँले बताउनु भयो । राष्ट्रपतिको लागि कांँग्रेसले सहयोग गरेको दलसंँग सहयोग माग्ने उहांँको तर्क थियो ।
सरकारमा कांँग्रेस जान्छ त ? भन्ने पत्रकारको जिज्ञासामा उहांँले भन्नुभयो , ‘ राष्ट्रपति एउटा सस्ंथा हो, सरकार अर्को कुरा हो, शक्ति सन्तुलनको लागि पनि राष्ट्रपति कांँग्रेसले दाबी गर्छ ।’ कांँग्रेस आफ्नै त्रुटी र कमजोरीका कारण प्रतिपक्षमा पुग्नु परेको उहांँको भनाई थियो । ‘कांँग्रेसको नेतृत्वबाट गम्भिर त्रुटी भएको छ । कांँग्रेस पार्टीले गठबन्धनको बैशाखी टेकेर चुनावमा जानुहुदैन भनेर फरक मत राख्ने म नै हो ।’ उहांँले भन्नुभयो । कांँग्रेस शशक्त प्रतिपक्ष भूमिका बाहेक अन्य विकल्प नरहेको उहांँले बताउनु भयो ।