चितवन । राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ( प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेश) बाट ११ चिकित्सक ६ स्वास्थ्यकर्मी र ४ पत्रकार सम्मानित भएका छन । आज भरतपुरमा स्वास्थ्य दर्पण मिडिया नेटवर्कद्धारा आयोजित हेल्थ अवार्डबाट उनीहरुलाई सम्मानित गरिएको हो । स्वास्थ्य र पत्रकारिताको क्षेत्रमा सेवा र योगदान पुरयाएको भन्दै उनीहरु सम्मानित भएका हुन् ।
प्रमुख अतिथि नेपाली कांँग्रेसका नेता डा शशांक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायतले सम्मानपत्रसहित उनीहरुलाई सम्मान गरेका थिए ।
सम्मानित हुने चिकित्सकहरुमा डा भोला प्रसाद रौनियार, डा विजयराज न्यौपाने,डा विजयचन्द्र आचार्य, डा सुनीलमणी पोख्रेल ,डा हेमराज कोइराला डा जगत कुमार दीप र डा कमल दवाडी रहेका छन । सम्मानित अन्य चिकित्सकहरुमा डा कमल लम्साल ,निकेशराज श्रेष्ठ, डा सुमन कर्माचार्य, र डा सुनील कुमार शाह रहेका छन ।
यस्तै सम्मानित हुने स्वास्थ्यकर्मीमा भिम बहादुर पाण्डे , केशव भट्ट, कृष्णहरि सापकोटा, सागर पोख्रेल, महेश्वर श्रेष्ठ र रमेश सुब्बा, रहेका छन ।
हेल्थ अवार्डबाट ४ जना पत्रकार सम्मानित भएका छन । पत्रकार सुर्यप्रकाश कंडेल, सुरेश श्रेष्ठ ,शंकर श्रेष्ठ र दिनेश कुमार महत सम्मानित भएका हुन् ।
सन्दीप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा कोइराला, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल , गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसी, वाग्मती प्रदेश सांसद माया श्रेष्ठ, नेपाली कांँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महर, डा भोजराज अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरी , नेपाल प्रेस युनियनका निर्वतमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, वरिष्ठ चिकित्सक , स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।