चितवन ।शहरीविकास मन्त्रीएवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्षविक्रम पाण्डेले हिन्दुको लागि मात्र नभएर विश्व शान्तिको लागि महायज्ञ आयोजना भएको विश्वास व्यक्त गरेका छन् । नारायणी नदी किनारमा बिहीबारदेखि सुरु भएको एक महिने साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएकाहुन् ।
नेपाल ऋषिमुनिले तपस्या गरेको तपो भूमिभएकाले पूर्ववत रुपमा शान्ति चाहेको बताए ।‘नेपाल ऋषिमुनिले तपस्या गरेको तपोभूमि हो । यो भूमिपूर्ववत रुपमा शान्तिहोस् । सुव्यवस्थित होस् र दानवहरुको पञ्जाबाट मुक्तहोस् भन्ने मैले भगवान सँग पुकार गरेको छु’, उनले भने ।
श्री सनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ सुरु भएको हो । महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेयले नारायणी किनारमा हुँदै आएको आरतीलाई निरन्तरता दिन महायज्ञ आयोजना गरिएको बताए । फागुन १२ गते सकिने महायज्ञमा १०८ ब्राह्मणहरुले गायत्री मन्त्रद्धारा हवन गर्ने उनको भनाइ छ ।
महायज्ञका वरिष्ठ सल्लाहकार टंकनाथ पौडेलले नेपालमा २०५७ सालपछि कोटिहोम यज्ञ हुनलागेको बताए । त्यस्तै नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न जनमत संग्रहगर्नुपर्ने धारणा राखे । हिन्दु राष्ट्रको लागि पिठाधिसले नै आन्दोलनको नेतृत्व लिनुपर्ने उनको तर्क थियो । महायज्ञमा कोटिहोम यज्ञ पनिबिहीबार साँझबाट नै सुरु भएको छ । महायज्ञको उद्घाटन अघि विभिन्न टोलि विकास संस्था र आमा समूहले कलश यात्रा निकालेका थिए ।
महायज्ञ सम्पन्नगर्न साढे दुई करोड रुपैयाँखर्च हुने अनुमान गरिएको महायज्ञ संयोजकएवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल (भारद्धाज)ले बताए । यज्ञगर्न दैनिक करिब सात क्विन्टल चरु आवश्यक पर्ने उनको भनाइ छ ।