भरतपुर । लेखक तथा पत्रकार वसन्त पराजुलीको कथासंग्रह ‘कुमाता’को तेस्रो संस्करण बजारमा आएको छ । पहिलो संस्करण सार्वजनिक भएको डेढ वर्षमा तेस्रो संस्करण आएको कथाकार पराजुलीले बताएका छन् ।
भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित यस कथासंग्रहमा सामाजिक विषयवस्तुमाथि लेखिएका कथाहरू समावेश छन् । संग्रहका कथामा गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौनलगायत जीवनका विविध विषय समेटिएका छन् ।
तेस्रो संस्करण सार्वजनिकसँगै नारायणगढमा आयोजित पुस्तक परिचर्चा कार्यक्रममा अक्षर समूह चितवनका अध्यक्ष प्रभाकर पण्डित, साहित्यकारहरू डा. एकनारायण पौडेल, उदय अधिकारी, मीनराज वसन्त, निर्दोष जीवन, रमेशकुमार पौडेल, तुलमान गुरुङ, रामकान्त पौडेल, विवेक पोखरेल, सूर्य कँडेललगायतले कुमाताका कथामाथि आफ्नो टिप्पणी प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु