चितवन , उपहार गोलमा जित हात पार्दै भरतपुर ८ गौरीगन्ज चितवनको कालिका नगरपालिकामा जारी कमरेड निमा स्मृति खुला नक आउट फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आज (सोमबार) सम्पन्न खेलमा गौरीगन्जले देवीटार एफसीलाई ३-२ ले निराश बनायो । प्रतिस्पर्धात्मक खेलको दोस्रो मिनेटमा नै गौरीगन्जले अग्रता लिएको थियो । ११ औं मिनेटमा देवीटारले बराबरी गोल फर्कायो । १९ औं मिनेटमा देवीटारले अग्रता लियो ।
दोस्रो हाफको ३२ औं मिनेटमा गौरीगन्जले बराबरी गर्यो । दोस्रो हाफमै गौरीगन्ज भाग्यशाली साबित भयो । देवीटारको खेलाडीले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि गौरीगन्ज ३-२ ले विजयी भयो । गौरीगन्जका अभिषेक महतो म्यान अफ दि म्याच चुनिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु