चितवन । चितवन मिडटाउन रिसोर्ट र चितवन मेडिकल कलेज बीच सम्झौता भएको छ । दुई संस्थाबीच सेवा आदान प्रदानका बिषयमा सम्झौता भएको हो । आज रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरे र कलेजका सिइओ प्रताप देवकोटाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । जसअनुसार रिसोर्टमा सेवा लिन आउंँदा फुड एण्ड रुममा २० प्रतिशत,वेभरेजमा १० प्रतिशत, ईभेन्टमा ५ प्रतिशत छुट सम्झौता भएको छ ।
यो सुविधा कलेजका चिकित्सक सहितका परिवार, आईडी प्राप्त कर्मचारी र लगानीकर्ताले पाउनेछन । यस्तै कलेजको तर्फबाट अस्पतालका उपचारमा २० प्रतिशत, प्रयोगशाला परीक्षणमा २० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट सम्झौता भएको छ । यो सुविधा रिसोर्टका लगानीकर्ताका परिवार सहित कर्मचारीहरुले पाउनेछन ।
सम्झौता पछि प्रतिक्रिया दिदै रिसोर्टका प्रबन्ध निर्देशक घिमिरेले यो सम्झौताले रिसोर्ट र अस्पतालको दुबैको सेवा विस्तारमा सहयोग पुग्ने बताए । ‘यो सम्झौताले एक त रिसोर्टको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्नेछ । अर्कोकुरा अस्पतालमा सेवा प्रवाहमा उनले भने, त्यति मात्र नभई दुवै संस्थाका कर्मचारी लगायतले सहुलियत रुपमा सेवा पनि पाउनेछन ।’