चितवन । स्वरोजगार बनाउने उद्धेश्यसहित नेपाल सरकारले एक दशक अघि ल्याएको व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनामा युवाहरुको आकर्षण रहेको पाईएको छ । शुक्रबार भरतपुरमा तालिम लिएका प्रशिक्षार्थी, प्रशिक्षक तथा परियोजनाका अधिकारी बीच भएको अन्र्तक्रिया क्रममा युवाहरुको उल्लेखनीय सहभागिता रहेको पाईएको हो । यो परियोजना प्रत्येक पांँच बर्षको लागि सन् २०११ बाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्वमा वल्र्डबैंकको ऋण लगानीमा देशभर सञ्चालन हुंँदै आएको छ ।
सोही अन्तर्गत सन् २०१७ देखि दोस्रो परियोजनाको तालिम प्रशिक्षण अन्तिम चरणमा पुगेको छ । सरकारले हरेक पांँच बर्षमा प्राथमिक शिक्षाको पहुंँचमा नपुगेका १६ बर्षदेखि ४० बर्ष उमेर समुहलाई यस्ता तालिम दिदैं आएको छ । तालिममा हस्पिटालिटी, कार्पेन्टर, इलेक्ट्रिसियन, प्लम्बर, ब्युटिसियन, आधुनिक कृषि प्रणाली लगायत ५२ प्रकारका तालिम समावेश गरिएका छन ।
परियोजनाका निर्देशक शिवकुमार सापकोटाले सरकारले हरेक पांँच बर्षमा देशभर एक लाख १५ हजारलाई स्वरोजगार सिर्जना गर्ने उद्धेश्य सहित तालिम दिदैं आएको बताए । ‘यो परियोजना जो शिक्षाको पहुंँचमा छैनन, जो विपन्न ,महिला दलित , उत्पीडन तथा पिछडा वर्ग छन् उनीहरु लक्षित कार्यक्रम हो ।’ सापकोटाले भने । उनका अनुसार देशभर सिटीईभीटीबाट सम्बन्धन प्राप्त १०० भन्दा बढी तालिम प्रदायकले तालिम , प्रशिक्षण दिईरहेका छन । जस अन्तर्गत तालिमको अन्तिम चरण अन्तर्गत भरतपुरमा प्रशिक्षार्थी, प्रशिक्षक तथा सरकारका अधिकारीबीच अन्र्तक्रियाका साथै प्रगति र सुझाव संकलन गरिएको सापकोटाले जानकारी दिए । पहिलो परियोजनाको नतिजा अनुसार शतप्रतिशत परियोजना प्रभावकारी भएको पाईएको हो । ‘पहिलो परियोजनामा पनि शतप्रतिशतले तालिम लिनुभयो, शतप्रतिशत स्वरोजगारी बन्नुभएको थियो । यसमध्ये ८० प्रतिशत नेपालमै काम गरिरहेका छन भने २० प्रतिशत सीप लिएर विदेश छन । अहिलेको यो दोस्रो परियोजना पनि उत्तिकै प्रभावकारी र उपलब्धीमुलक भएको पाएका छौं ।’ सापकोटाले भने ।
शिक्षाबाट वञ्चित भएका युवाहरुलाई आत्मनिर्भर, उद्यमशील, बनाउने उद्धेश्यले यो परियोजना शुरुवात गरिएको परियोजनाका उपसचिव केवलीराम अधिकारीले बताए । रोजगारीको प्रकृति अनुसार तालिमको अवधि ३ देखि ६ महिना सम्मको राखिएको छ । आफूले गर्नसक्ने र ईच्छा लागेको काम अनुसार तालिमको वर्गीकरण गरिएको अधिकारीले बताए । पहिलो परियोजनामा तालिम लिएका मध्ये सबैजना दक्षता हासिल गरी स्वरोजगारमा रहेको र यो दोस्रो परियोजनामा पनि कतिले काम शुरुगरिसकेको र कतिपय प्रक्रियामा रहेको उनको भनाई छ ।
तालिममा सहभागी चितवनका प्रशिक्षार्थी विवेक कंडेलले तालिम उपयोगी र उपलब्धिमुलक रहेको भन्दै यस तालिमबाट आफूले चियाको विभिन्न भेराईटी पाईने चिया दरबार स्थापना गर्न सफल भएको बताउनु भयो । हाल कुलिनरी आर्टस सम्बन्धी तालिम लिएर हस्पिटालिटी क्षेत्रमा काम गर्ने ईच्छा भएको उनले बताए ।
सेवा प्रदायक संस्था वल्डलिंक टेक्निकल ट्रेनिङ्गले मात्र चितवन नवलपरासी लगायत गरी ४ हजार ७८७ जनालाई तालिम दिएको संस्थाका निर्देशक केदार बास्तोलाले जानकारी दिए ।
तालिम २० जनाको समुह भएमा जुनसुकै जिल्ला तथा एकै जिल्लामा पनि धेरै ठाउंँमा पनि हुन सक्नेछन । तालिमको लागि प्रतिव्यक्ति नेपाल सरकारले २० हजार रुपैंया लगानी गरेको छ ।