चितवन । ठूलो परिमाणमा लागुऔषध सहित रत्ननगरबाट दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नम्बर १३ अमेलियाका शेर बहादुर बुढाथोकी र वडा नम्बर १४ का श्याम खड्का रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुढाथोकीको घरबाट लागु औषध बिक्री बितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमबार पौने पांँच बजेको समयमा घर कोठा खानतलासी गर्दा डाइजेपाम इन्जेक्सन आइपी ३१ थान, प्रोमेथाजिन हाइड्रो क्लोराइडइन्जेक्सक्न आइपी ३१ थान, बुप्रेनोरफिन इन्जेक्सन आइपी ३१ थान गरी जम्मा ९३थान एम्पुल सहित बरामद गरेको हो । बुढाथोकी संँगै कोठामा रहेका वडा न.१४ गैरीगाउँ बस्ने खड्कालाई पनि पक्राउ गरिएको हो । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु