चितवन । पोल्ट्रीको राजधानीको रुपमा परिचित चितवनमा १० औं राष्ट्रिय पोल्ट्री दिवस मनाईंदै छ । कृषि तथा पशुपन्छी मन्त्रालय बागमती प्रदेशको निर्देशन र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा सोमबारदेखि पोल्ट्री दिवस २०७९ मनाउन थालिएको छ । १७ गते समापन हुने कार्यक्रममा सोमबार पत्रकारसंँग अन्र्तक्रिया, कृषि तथा पशुपन्छी मन्त्रालयका मन्त्रीबाट पोल्ट्री दिवसको उद्धघाटन तथा यस सम्बद्ध संघसंस्थाहरुबीच अन्र्तक्रिया गरिएको छ । यस्तै पुष १२ गते भरतपुर महानगरपालिा वडा नम्बर ११ स्थित जखरीमाई आधारभुत बिद्यालयमा अण्डा तथा मासुको महत्वबारे सचेतना गर्ने र अण्डा खुवाउने कार्यक्रम रहेको जिल्ला वरिष्ठ पशु अधिकृत शुशील केसीले जानकारी दिनुभयो ।
यस्तै पौष १३ गते भरतपुर अस्पतालमा उपचारार्थ गर्भवती महिला, कुपोषण र पुड्को भएका बालबालिका र भरतपुर १० मा रहेको बालमन्दिर विद्यालयका विद्यार्थीलाई अण्डा वितरण गरिनेछ ।
पौष १४ गते कार्यालयमा पोल्ट्री कृषकहरुलाई पोल्ट्री व्यवसाय सम्बन्धी सचेतना कार्यक्रम ,१५ गते पोल्ट्री क्षेत्रको अवस्था,अवसर चुनौति, संभावना तथा खाद्य्य र पोषण सुरक्षामा पोल्ट्री क्षेत्रको भूमिका लगायतका बिषयमा राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा लेख रचना प्रकाशित गर्ने, पौष १६ गते भरतपुर १० मा निर्माणाधीन सिटी हलका मजदुरहरुलाई अण्डा वितरण गरिने र १७ गते पोल्ट्री दिवस समापन गरिने कार्यक्रम रहेको केसीले बताउनुभयो । पोल्ट्री दिवसमा कुखुराको अण्डा र मासुको महत्व तथा मानव स्थास्थ्यका लागि फाईदाको बिषयमा सचेतना तथा अभिमुखिकरण गर्ने उद्धेश्य सहित पोल्ट्री दिवस मनाईएको केसीको भनाई छ ।
चितवनमा सप्ताहाव्यापी १० औं राष्ट्रिय पोल्ट्री दिवस मनाईदैं
चितवनमा सप्ताहाव्यापी १० औं राष्ट्रिय पोल्ट्री दिवस मनाईदैं
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु