चितवन । गत शुक्रबार देखि पुल्चोक नारायणगढ ६ लेन सडक विस्तारका क्रममा नारायणगढ र भरतपुरका घर र भवन भत्काईएको प्रति चितवन कांँग्रेसको गम्भिर ध्यानाकर्षण भएको छ । कांँग्रेस सभापति राजेश्वर खनाल सहितको टोलीले आज सोमबार जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाई सरकारको ध्यानाकर्षण गराएको हो ।
जिल्ला कार्यसमिति सहितको टोलीले बुझाएको ज्ञापन पत्रमा विगत लामोसमयसम्म विश्वमा देखिएको कोभिड १९ संक्रमणका कारण अर्थतन्त्रमा गम्भिर असर कारण सम्पुर्ण उद्योग धन्दा बन्द हुंँदै गएको विषम परिस्थितिमा पौष ८ गतेबाट नारायणगढ भरतपुर बजार क्षेत्रका व्यवसायिक भवनमा डोजर चलाएर अरबौंको धनमाल क्षति पुर्याएको भन्दै भत्र्सना गरिएको छ । ‘नेपाली कांँग्रेस विकासको बाधक होइन तर सडक विस्तारका पूर्वतयारी स्वरुप उद्योगी व्यवसायीहरुलाई सकारात्मक पक्षीकरण नगर्ने सरोकारवाला संस्था , राजनीतिक दल र नागरिक समाजका व्यक्तिहरुसंँग कुनै समन्वय नगरी सरकारी मापदण्ड अनुसार बनाईएका घरहरु समेत जनताको स्वतन्त्रपूर्वक व्यवसाय गर्न पाउने मौलिक हकको समेत ख्याल नगरी हुकुमी बर्बर शैली र तानशाही प्रवृत्तिबाट गरिएको नागरिक र व्यवसायी माथिको आतंक फैलाईएको प्रति खेद प्रकट गर्दै तत्काल सर्वदलीय सर्वपक्षीय सहमति गराउन र पीडित उद्योगी व्यवसायीलाई क्षतिपुर्तिको व्यवस्था गर्न र आगामी दिनहरुमा भनिएका सडक विस्तारको काम तत्काल रोक्न सरोकारवालाहरुसंँग सहमति कायम गरी कार्य प्रारम्भ गन यसै ज्ञापनपत्र मार्फत ध्यानाकर्षया गराईन्छ।’ सभापित खनालद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।
सो ज्ञापन पत्र बुझाउंँदै सभापति खनालले अवैध संरचनाका नाउंँमा नक्सापास गरी निर्माण सम्पन्न भवन र घर भत्काईएको क्षतिपुर्ती दिनुपर्ने बताए । विदाको दिन पारेर कुनैपनि सरोकारवाला संँग समन्वय नगरेकोले ज्ञापन पत्र बुझाईएको उनले बताए । यो भत्काउने काम तत्काल रोक्न र व्यवसायी र घरधनीको क्षतिपूर्ति नदिए शशक्त प्रतिकारमा उत्रने उनले चेतावनी दिए । यसबाट सिर्जित परिस्थितिको भागिदार स्वयम् नेपाल सरकार रहने भन्दै ज्ञापन मार्फत सजग बनाईएको छ ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले सडक विस्तार गर्ने क्रममा पीडित पक्षलाई न्याय पाउनु पर्ने उनको भनाई छ । आफूले यो ज्ञापनपत्र सम्बन्धित सरोकारवाला निकायमा मंगलबार पठाईने उनले बताए ।