चितवन । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउनु भएको छ । शैक्षिक क्षेत्रमा अब्बल मानिदै गएको भरतपुरलाई शैक्षिक हबको रुपमा बिकास गर्न सकियो भने मात्रै गुणस्तरीय शिक्षा आर्जन गर्न सकिने उप प्रमुखको भनाइ छ ।
लक्ष्मि मा बि जगतपुरको ५४ औ बार्षिकोत्सब एवं अभिभावक दिवसलाई सम्बोधन गर्दै उप प्रमुखले शैक्षिक क्षेत्रले नै देशको भबिस्य निर्धारण गर्ने हुँदा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनु भयो ।
शिक्षा क्षेत्रमा राजनीति गर्ने छुट कसैलाई पनि नभएको प्रष्ट पार्दै उहाँले देशका ६ वटा महानगरपालिकाहरु मध्येमा भरतपुर महानगरपालिकालाई शिक्षाको क्षेत्रमा उत्कृष्ट बनाउन तर्फ लाग्न सबैमा आग्रह पनि गर्नु भयो ।
शिक्षाको ज्ञान बिना बिकास निर्माण हुन सक्दैन उप प्रमुखले भन्नू भयो, देश बिकासको पहिलो खुड्किलो भनेकै शिक्षा हो ।
भरतपुर महानगरले एक बिद्यालय एक खेलमैदानको अबधारणा अगाडि सारेको पनि उप प्रमुखको भनाइ छ । भरतपुर महानगर भित्र ११७ सामुदायिक बिद्यालय र ५१ वटा मा बि रहेका छन ।
बिद्यालयका प्रध्यानाध्यापक ईश्वरी प्रसाद सापकोटाले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक प्रतिबेदन तथा आर्थिक बर्ष २०७८/०७९ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे ।
कार्यक्रममा बिद्यालयको शैक्षिक गुणस्तरमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै बिद्यालयबाट अन्यत्र सरुवा भएर जाने शिक्षकहरुलाइ सम्मान पत्र सहित सम्मान गरिएको छ । साथै २०७८ मा एस इइ परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ सम्मान पनि गरिएको छ ।
कार्यक्रममा भरतपुर २३ का वडा अध्यक्ष दिपक दवाडी,२२ का अध्यक्ष बिष्णुराज महतो,नेपाली काङ्ग्रेस क्षेत्र न ३ का सभापति लाल बहादुर दवाडी,विद्यार्थीहरुको तर्फबाट अमृता तिमिल्सिना,सघ सस्थाहरुको तर्फबाट सरस्वती मा बि का नबराज पोख्रेल,शिक्षक अभिभावक सघका बिष्णु हरि घिमिरे लगाएतले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सोमबहादुर ढुगनाको सभापतित्वमा सम्पन्न भएको थियो ।