चितवन । चालु आर्थिक बर्ष ०७९, ८०को मंसिर महिनामा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु भएको छ भने ७४ जना घाईते भएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार एक महिनाको अवधिमा ४७ वटा सवारी दुर्घटनाबाट उक्त संख्यामा मानवीय क्षति भएको हो । यी दुर्घटनामध्ये सबैभन्दा भित्री सडकमा दुर्घटना र मानवीय क्षति भएको पाईएको छ । जसअनुसार मंसिरमा भित्री सडकमा २३ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु र ४१ जना घाईते भएका छन ।
यसैगरी पूर्व पश्चिम लोकमार्गमा ९ वटा सवारी दुर्घटनामा २ जनाको मृत्यु र १५ जना घाईते, नारायणगढ मुग्लिन सडक खण्डमा ७ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १० जना घाईते,पृथ्वी राजमार्गमा ३ वटा सवारी दुर्घटनामा एकजनाको मृत्यु र तीनजना घाईते र शहरी सडकखण्डमा पांँचवटा सवारी दुर्घटना भएकोमा दुईजनाको मृत्यु र पांँचजना घाईते भएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालय प्रमुख धर्मबहादुर अधिकारीले अघिल्ला महिनाभन्दा मंसिर महिनामा दुर्घटनाको संख्या संँगै भौतिक तथा मानवीय क्षतिको संख्या कम भएको बताउनु भयो । ‘हामीले यो महिना सवारी यान्त्रिककरण परीक्षण, सचेतना कार्यक्रमलाई तीब्ररुपमा अगाडि बढायौ,ं उहांँले भन्नुभयो, यसअघिका महिनामा चाडबाडमा सवारीको चाप र बर्षायाम भएकोले पनि दुर्घटना र क्षति बढी थियो ।’
भित्री सडकमा चालकको लापरवाही, मापसे, साघुंँरा , कच्ची सडक र ट्राफिक प्रहरीको पहुंँच कम हुने भएकोले पनि दुर्घटनाको संख्याको साथै मानवीय क्षति अन्य सडकमा भन्दा बढेको उहांँको भनाई छ ।