चितवन । मोटरसाईकलमा लुकाईछिपाई ल्यांंँउंँदै गरेको अवस्थामा सालको काठ प्रहरीले बरामद गरेको छ ।
आज राती १ बजे भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाड स्थित खगेरी पुल नजिकै नवजागृती सामुदायिक वनबाट पदमपुर तर्फ लैजादै गरेको ना१६ प २०५७, ना६प २६४२ र ग४प ५९४३ नं.को मो.सा.मा लुकाई छिपाई ल्याउदै गरेको ३ गोलिया सालको काठ बरामद गरेको हो अस्थाई प्रहरी चौकी भोजाडबाट खटिएको प्रहरी सहायक निरीक्षकको गस्ति टोलीलाई देख्ना साथ मोटरसाइकल. र काठ छोडी मानिस फरार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त काठ र मोटरसाइकल जिप्रका चितवनमा ल्याई थप अनुसन्धान कार्य भई रहेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु